back
NMB ad

गगनको गुनासो : बाबुरामजी मलाई दु:ख नदिनुस, म कांग्रेसमै छु

Kumari bank ad

माघ ५, अर्घाखाँची  । कांग्रेसका युवा नेता गगन थापाले नयाँ शक्तिको नाममा बाबुराम भट्टराईले आफूलाई दु:ख दिएको आरोप लगाएका छन् । उनले युवा नेता, बुद्धिजीविहरुसँग छलफल भइरहेको छ, सबै पार्टीका युवा नेता नयाँ शक्तिमा आउँछन भनेर भट्टराईले आफनो नाम जोडेकोमा आपत्ती जनाए ।

‘पार्टीको १३ औं महाधिवेशनमा म जिल्ला दौडाहमा हिँडेको जहाँ जाँदा पनि कार्यकर्ता र पत्रकारले यही प्रश्न सोध्ने गरेका छन्,’ कांग्रेस अर्घाखाँचीले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न सन्धिखर्क आएका थापाले प्रेस यूनियनको पत्रकार सम्मेलनमा भने, ‘मैले यही पार्टीमा पसिना बगाएको छु, कांग्रेस र कार्यकर्ताले माया गरेका छन्, मेरो जीवन कांग्रेस भन्दा अरु सोच्न पनि सक्दैन ।’

उनले यी सबै बेकारको हावादारी हल्ला भएको बताउँदै भने, ‘बाबुराम जी, तपाईंले मलाई दु:ख नदिनुहोस् । म कांग्रेस मै छु, नयाँ शक्तिको बारेमा सोच्न पनि भ्याउँदिनँ ।’ उनले कहिले मलाई त कहिले एमाले नेतृ रामकुमारी झाँक्रीलाई जोडेर हैरान नपार्न आग्रह गरे ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका थापाले केपी ओली नेतृत्वको सरकारको सय दिनको उपलब्धि हात लाग्यो शुन्य जस्तै भएको बताए । काम नगर्ने  तर सरकारमा बसिरहने खोल मात्रै भएकाले कांग्रेसको महाधिवेशनपछि नयाँ सरकार गठन हुने दाबी गरे ।

१३ औं महाधिवेशनपछि कांग्रेसको संगठन रुपान्तरण हुने बताए । नेतृत्व दोस्रो पुस्तामा आउनुपर्ने दाबी गर्दै उनले भने, ‘नेता त्रय सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलको अगुवाइमा संविधान बन्यो, पार्टी पहिलो नम्बरमा आयो त्यसैले उहाँहरुको योगदान ठूलो छ । अब तीनै जना नेता संरक्षक र अभिभावक बनेर हामीलाई अवसर दिनुपर्छ ।’ उनले आफू महामन्त्रीको उम्मेदवार रहेको स्पष्ट पारे ।

वि.सं.२०७२ माघ ५ मंगलवार १६:२७ मा प्रकाशित

You can share this post!

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...