back
NMB ad

अर्थमन्त्री डा. महतले आर्थिक पत्रकारलाई भने ‘रेमिटेन्स र जिडिपीको इन्डिकेटर विगतमा भन्दा कमजोर देखियो’

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपाल आर्थिक पत्रकार समाज (सेजन) को प्रतिनिधि मण्डलले भेट गर्यो । सेजन अध्यक्ष जर्नादन बरालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बिहीबार मन्त्रालयमा भेट गरेको हो । भेटमा मन्त्री डा. महतले वर्तमान देशको आर्थिक अवस्थाबारे सञ्चारकर्मीहरुलाई अवगत गराएका थिए ।

रेमिटेन्स र कुल ग्राहस्थ उत्पादन (जिडिपी) को इन्डिकेटर विगतमा भन्दा यसपटक केही कमजोर देखिएको छ । त्यो के कारणले भयो भन्ने कुरा सर्वत्र चासोको विषय बनेको छ । सञ्चारकर्मीहरुसँगको भेटमा डा. महतले भने, ‘यो स्वभाविक पनि हो, तत्कालिन समयमा आयात निर्यातमा प्रतिबन्ध लगाएकाले पनि यो समस्या देखिएको हो । अब केही नयाँ नीति लागू गरेपछि इन्डिकेटरहरु सकरात्मकतर्फ अगाडि बढ्छ । हामीले भनेजस्तो नभए पनि आर्थिक सूचकहरु सकरात्मक दिशातर्फ अगाडि बढ्ने छ भन्ने कुरामा हामी आशावादी छौं ।’

निर्माण क्षेत्र तथा घरजग्गा व्यवसायमा कमी आएको छ । जसका कारण आन्तरिक मागमा कमी आएको छ । हाम्रो देशमा जुन क्षेत्रमा थोरै सम्भावना मात्र देखियो भने पनि सबै त्यसैमा लाग्ने चलन छ । जस्तो धेरै सिमेन्ट उद्योग खुल्यो । अहिले केही समस्या देखिएको छ । यसको प्रभाव बैंकिङ, निर्माण र स्टिल उद्योगमा पर्न थालेको देखिन्छ, मन्त्री डा। महतले भने, ‘यो समस्या हल गर्न विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग नजिकबाट छलफल भइरहेको छ ।’

हामीकहाँ साइट क्लियरेन्समा समस्या देखिएको छ । पहिला नै साइट क्लियर भए निर्माण व्यवसायीले झगडा गर्ने काम कम हुँदै जान्छ । यसमा पनि सरकारको ध्यान केन्द्रित गरेको छ, मन्त्री डा। महतले भने, ‘रिर्सोसको अभावमा सबैलाई चित्त बुझाउँदा हामी चुकिरहेका छौं । यसमा प्राथमिकीकरण गर्न जरुरी छ । समय पावन्दी र स्रोतको सुनिश्चिता गर्न सरकार तयार रहेको छ ।’

विदेशी श्रोतको उपयोगमा कमी आइरहेको छ । दिएको कुरा उपयोग भएको छैन भने दातृ निकायलाई बढाइदेउ भन्नुको कुनै अर्थ रहँदैन । उपयोग भयो भने दातृ निकाय बढाउन तयार छौं भनिरहेका छन् ।

हाम्रो अर्थतन्त्रमा समस्या छ, त्यसलाई समाधान गर्न सकिन्छ । यो वर्ष हामीले अहिलेकै अवस्था कायमै राख्न सकियो भने अर्को वर्ष अर्थतन्त्रका सूचकहरु सकरात्मकतर्फ अघि बढ्ने मन्त्री डा। महतले बताए । उनले भने, बजारमा, विप्रेषणलगायत आर्थिक वृद्धि दरको इन्डिकेटरमा समेत समस्या देखिएको छ । यो नेपालमा मात्र होइन, भारतलगायतका अन्य देशमा पनि देखिएको समस्या हो ।

वि.सं.२०७९ चैत २३ बिहीवार २०:५५ मा प्रकाशित

You can share this post!

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...