back
NMB ad

लगानीकर्ता संघहरुले धितोपत्र बोर्ड अध्यक्ष हमाललाई बुझाए १० बुँदे माग (सूचिसहित)

Kumari bank ad

काठमाडौं । पुँजीबजारका लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई १० बुँदे माग बुझाएका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघका सुदुरपश्चिम संयोजक कुमार थापाको टोलीले उक्त मात्र पत्र बोर्डका अध्यक्षलाई बुझाएका हुन् ।

यस्ता छन् मागहरुः

१. केहि समय अगाडी नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूको प्रमुख मागको रुपमा रहेको नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेन्ज थप्ने प्रक्रिया प्रारम्भ भएकोमा सम्मानित सर्वोच्च अदालतमा रिट परी रोकिएको अवस्थामा धितोपत्र बोर्डका अध्यक्ष श्री रमेश कुमार हमालज्यू र लगानीकर्ताहरूको संयुक्त प्रयासमा उक्त रिट नै खारेज भएको हुनाले नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेञ्ज लाईसेन्सको काम यथासिघ्र प्रकृयामा लगि पूरा गरियोस ।

२. लगानीकर्ताहरूको बढ्दो सेयर खरिद विक्री लागतलाई न्यूनिकरण गर्न हाल रहेको महंगो ब्रोकर कमिसन तिर्दै आएकोमा बढिमा ०।१५ प्रतिशतबाट नबढ्ने गरी कमिसन दर तत्काल पुनरावलोकन गरियोस् ।

३. डि. पी. चार्ज रकम २५ रुपैयाँ कायम भईरहेको अवस्थामा उक्त रकम पुनरावलोकन गरी बढिमा ५ रुपैयाँ कायम गरियोस् ।

४. दीर्घकालिन लगानीकर्ता र अल्पकालिन लगानीकर्ताको वर्गिकरण गरी दीर्घकालको लागि ३ प्रतिशत र अल्पकालको लागि ५ प्रतिशत पूँजीगत लाभकर कायम गरियोस् ।

५. दोश्रो बजारमा हुने अस्वाभाविक उतार चढावलाई न्यूनीकरण गर्न मार्केट मेकर, मार्केट डिलर, धितोपत्र व्यापारी तथा संख्यागत लगानीकर्ताहरूलाई छिटोभन्दा छिटो बजार प्रवेशको वातावरण श्रृजना गर्नु पर्ने ।

६. अप्सन ट्रेडिङ, फ्युचर मार्केट, इन्ट्रा डे मार्केट र सर्ट सेलको कारोबार गर्ने व्यवस्था तत्काल लागु गरियोस् ।

७. केवाईसी सुरु गरी भौतिक केवाईसीको अन्त्य गरियोस् ।

८. ब्रोकर कम्पनी मार्फत सुरु गर्ने भनिएको मार्जिन लेन्डिङ्ग व्यवस्था अविलम्ब सुचारु गरियोस् ।

९. नेपाल राष्ट्र बैंकले ल्याएको शेयर कर्जाको सिमा १२ करोड लागु गरिएकोमा उक्त १२ करोडको नीतिलाई तत्काल खारेजी गर्न विशेष पहल गरियोस् ।

१०. नेपाल राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको भारित औषत दर १०० प्रतिशतनै कायम गर्न विशेष पहल गरियोस् ।

वि.सं.२०७९ चैत २७ सोमवार १४:३८ मा प्रकाशित

You can share this post!

सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने   

सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:००

काठमाडौँ, १५ जेठः सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न...

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड   

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:५५

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षलाई ‘महिला लगानी...

एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने   

एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:५१

काठमाडौँ, १५ जेठः अन्तर्राष्ट्रिय श्रम रोजगारबाट फर्किएका एक लाख ‘रिटर्नी’लाई...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड   

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४८

काठमाडौँ, १५ जेठ : आगामी आर्थिक वर्ष २०८१/८२ का लागि...

स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४६

जनकपुर, १५ जेठः नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी...

आगामी वर्ष १६ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य   

आगामी वर्ष १६ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४३

काठमाडौँ, १५ जेठ : सरकारले आगामी वर्ष १६ लाख विदेशी...