back
NMB ad

बम्पर लाभांश घोषणा गरेको नेष्डो समृद्ध लघुवित्तले गर्न सकेन साधारणसभा, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले संस्थाको वित्तीय विवरण स्वीकृत नगरिसकेकोले चैत मसान्तभित्रै वार्षिक साधारणसभा (एजीएम) गर्न नसकिएको जनाएको छ।

लघुवित्तले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७८/७९को लाभांश प्रस्तावसहित लेखापरीक्षणको वित्तीय विवरणहरु राष्ट्र बैंकमा पेस भएकोमा बैंकले हालसम्म पनि स्वीकृति नदिएकोले चैत मसान्तसम्म वार्षिक साधारण सभा गर्न नसकेको लघुवित्तले बताएको हो ।

लघुवित्तको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद र ३.६८ प्रतिशत कर प्रयोजनका लागि गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश प्रस्तावसहितको वित्तीय विवरण संस्थाले राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएको छ। तर, हालसम्म संस्थाले राष्ट्र बैंकबाट स्वीकृति भने प्राप्त गरिसकेको छैन। राष्ट्र बैंकको स्वीकृतिपश्चात् मात्रै लघुवित्तले वार्षिक साधारणसभा बोलाउनेछ ।

वि.सं.२०८० वैशाख ३ आइतवार १२:०० मा प्रकाशित

You can share this post!

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१०

चन्द्रप्रसाद ढकाल    काठमाडौँ, ७ जेठ : औद्योगिक उत्पादनमा कमी र...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार ११:०३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:३२

विराटनगर, ७ जेठ: कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र...

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:०८

रमेश लम्साल    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन...

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...