back
NMB ad

दार्चुलाका विद्यालयमा समयमै पुग्यो पाठ्यपुस्तक

Kumari bank ad

खलङ्गा । दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो । यस वर्ष भने उनीहरुले समयमै किताब पाउने भएका छन् ।

धेरैजसो स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । जिल्लाका दुर्गम गाउँका विद्यालयमा पनि विद्यार्थी भर्ना भएसँगै पुस्तक वितरण गरिने उहाँले बताउनुभयो । समयमा नै पुस्तक पुगेपछि यहाँका विद्यार्थी, शिक्षक तथा अभिभावकमा खुसी छाएको छ ।

“यस वर्ष समयमै पाठ्यपुस्तक पुग्दा खुशी छौं, यसरी नै हरेक वर्ष पाठ्यपुस्तक समयमै पुगे पठनपाठनमा सजिलो हुन्थ्यो”, अपिहिमाल गाउँपालिकास्थित खण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक खडक बोहराले भन्नुभयो ।

मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकामा वैशाख २ गते नै पाठ्यपुस्तक पठाइएको इकाइ प्रमुख पन्तले बताउनुभयो ।

त्यस्तै दुँहु र ब्याँस गाउँपालिकाका लागि पनि पाठ्यपुस्तक जिल्ला सदरमुकाम खलङ्गास्थित न्यु चौलानी पुस्तक पसल र ज्ञानजोती पुस्तक पसलबाट ढुवानी भइसकेको न्यु चौलानी पुस्तक पसलका सञ्चालक मनोहर डाँगाले जानकारी दिनुभयो ।

शैल्यशिखर नगरपालिकामा पनि पाठ्यपुस्तक विद्यालयमा पठाउन थालिएको छ । नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा आइतबारदेखि पाठ्यपुस्तक पठाउन सुरु गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताउनुभयो । गत वर्ष विद्यार्थीले पुस्तकबिना परीक्षा दिएका थिए ।

यस वर्ष सरकारले भर्नासँगै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने व्यवस्था गरेकामा खुशी लागेको शैल्यशिखर नगरपालिका–६ का अभिभावक मदन धामीले बताउनुभयो ।

नौ स्थानीय तह रहेको दार्चुलामा अपि हिमाल, दुँहु र ब्यास गाउँपालिका बाहेकका स्थानीय तहमा यातायातको सहज सुविधा रहेकोले पाठ्यपुस्तक ढुवानीमा समस्या छैन । यातायातको समस्या रहेका तीन गाउँपालिकामा पनि पाठ्यपुस्तक पुगिसकेको इकाइ प्रमुख पन्तले बताउनुभयो । विगत वर्षमा वार्षिक परीक्षा सकिदासमेत पुस्तक नपाएका जिल्लाका विद्यार्थी यस वर्ष समयमै पुस्तक पाउने भएपछि खुशि भएका छन् । यही वैशाख ३ देखि ८ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको शन्तले जानकारी दिनुभयो ।

केही दिन अघि शिक्षा विकास तथा समन्वय इकाइमा बसेको विद्यालयका प्रधानाध्यापक र स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले जिल्लामा वैशाख पहिलो हप्तासम्म पाठ्यपुस्तक उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिएको थियो ।

वि.सं.२०८० वैशाख ३ आइतवार १५:३९ मा प्रकाशित

You can share this post!

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...