back
NMB ad

आगामी आवका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी

Kumari bank ad

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी गरेको छ ।

लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आगामी आगामी आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि समयमा बजेट विनियोजन गर्न सम्बन्धित निकायबीच निर्णय भएको जानकारी दिनुभयो ।

“अघिल्ला वर्षमा बजेटको सही समयमा विनियोजन नहुँदा मलको कमी देखापरेको थियो तर आगामी आर्थिक वर्षका लागि चाहिने बजेट समयमा विनियोजन गर्न सरोकारवाला निकायसँग निर्णय भएकोले मलको कमी हुँदैन । लिमिटेडलाई पनि योजना तयार पार्न अनुकूल भएको छ” उहाँले भन्नुभयो ।

उहाँका अनुसार बजारमा मलको कमी हुनुको मुख्य कारण बजेट विनियोजन समयमा नहुनु हो । उहाँले पछिल्लो वर्षका लागि मलको आवश्यकता परिपूर्ति गर्न पुस मसान्तभित्र आवश्यक बजेट चाहिने उल्लेख गर्नुभयो । “खरिद प्रक्रियाको समयका कारण चैतमा प्राप्त भएको बजेटले कृषकको सही समयको माग पूरा हुन सक्दैन”, पोखरेलले भन्नुभयो ।

मल वितरण निर्देशिकाबमोजिम लिमिटेडले पाँच हजार तीन सय सहकारी संस्थामार्फत स्थानीय तहसम्म मल बिक्री वितरण हुने गरेको छ । प्रबन्ध सञ्चालक पोखरेलका अनुसार साल्ट ट्रेडिङले ३० प्रतिशत र लिमिटेडले ७० प्रतिशत मल आपूर्ति गर्ने गरेका छन् ।

यस आर्थिक वर्ष कृषकलाई रासायनिक मल बढीमा सात लाख मेट्रिक टन र कम्तीमा पाँच लाख मेट्रिक टन आवश्यक हुन्छ । चार लाख मेट्रिक टन आउने क्रममा रहेको तर समयमा बजेट विनियोजन नभएका कारण एक लाख मेट्रिक टन कमी हुने पोखरेलले बताउनुभयो ।

हाल लिमिटेडमा एक लाख मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र अरू आपूर्ति गर्नका लागि टेण्डर खोलिएको उहाँले जानकारी दिनुभयो ।

आव २०७८/०७९ मा करिब एक लाख ७७ हजार पाँच सय छ मेट्रिक टन आपूर्ति गरेकोमा यस आर्थिक वर्षमा हालसम्म खरिद र टेण्डर भएको जम्मा तीन लाख २४ हजार मेट्रिक टनमध्ये एक लाख ३८ हजार एक सय टन भित्रिएको र एक लाख ३६ हजार छ सय टन बिक्री वितरण भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

भारत सरकारबाट खरिद भएको युरियामध्ये आठ हजार दुई सय मेट्रिक टन प्राप्त भएको र २१ हजार आठ सय मेट्रिक टन आउने क्रममा रहेको छ । एक लाख २३ हजार मेट्रिक टन सम्झौता भएको र ४० हजार मेट्रिक टन टेण्डर भएको मन्त्रालयले जनाएको छ ।

वि.सं.२०८० वैशाख ४ सोमवार २१:०९ मा प्रकाशित

You can share this post!

चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन   

चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:४६

काठमाडौँ, १५ जेठः चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय...

कृषिमा लगानी दशक घोषणा

कृषिमा लगानी दशक घोषणा

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:३६

काठमाडौं । सरकारले आगामी दशकलाई कृषिमा लगानीको दशक घोषाणा गरेको...

बजेटः आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष   

बजेटः आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:२८

काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक...

अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुति सुरु   

अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुति सुरु   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:२१

काठमाडौँ, १५ जेठः अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा...

संसदीय छानबिन समिति कार्यदलले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन   

संसदीय छानबिन समिति कार्यदलले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:०७

काठमाडौँ, १५ जेठ : संसद्को गतिरोध अन्त्य तथा राजनीतिक सहमति...

बजेटको सम्पूर्ण तयारी पूरा

बजेटको सम्पूर्ण तयारी पूरा

वि.सं.२०८१ जेठ १५ मंगलवार १४:५६

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा...