back
NMB ad

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा १७.१२ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

Kumari bank ad

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यसअवधिमा खुद नाफा १७.१२ प्रतिशतले बढेर १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १६ करोड ६१ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा  माइक्रोफाइनान्सको वितरणयोग्य नाफा १६ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.४२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १७.७५ प्रतिशत घटेको छ। त्यसैगरी, यस अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ३५ लाख रुपैयाँबाट घटेर १ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ। लघुवित्तको सञ्चालन मुनाफा १०.६८ प्रतिशत बढेको छ।

प्रतिसेयर आम्दानी भने ३७ पैसाले घटेर २२ रुपैयाँ ६० पैसा कायम भएको छ ।चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८५ गुणा रहेको छ।

वि.सं.२०८० वैशाख ६ बुधवार ०८:३१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...