back
NMB ad

म्यानमार–भैरहवा सिधा उडानको पर्यटन बोर्डको पहल, दुवै देशका राजदूत सहित उच्चस्तरिय टोली बीच छलफल

Kumari bank ad

काठमाडौं । नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यगुनबाट भैरहवा स्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा संचालनको लागि पहल गरेको छ । बौद्ध धर्मावलम्बी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके दुवै लुम्बिनीको पर्यटन प्रर्वद्धन गर्न सहयोग मिल्ने अपेक्षा सहित बोर्डले यो पहल गरेको हो ।

यसका लागि बोर्डले मंगलबार नेपालका लागि म्यामारका राजदूत र म्यामारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उच्च अधिकारी,लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेशलन एअरलाइन्सका कार्यकारी प्रमुख सहित सरोकारवालासँग काठमाडौंमा उच्चस्तरिय छलफल सम्पन्न गरेको छ ।

छलफलका क्रममा नेपाली पक्षले म्यानमारबाट भैरहवा सिधा उडानको म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताउँदै म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

छलफल कार्यक्रममा लम्बिनी विकास कोषका उपाध्यक्ष मैत्य शाक्यपुत्ताले नेपाल र म्यानमार बीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सिधा उडान हुन सके म्यानमारबाट लुम्बिनी आउने पर्यटकहरु बढने बताउनु भयो ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले म्यानमार नेशनल एअरलाइन्सले गौतमबुद्ध विमानस्थलमा उडान गर्न नेपालको तर्फबाट विभिन्न छुट,सुविधा तथा अन्य आवश्यक सहयोग गर्न आफुहरु तयार रहको बताउनु भयो । उहाँले सिधा उडान गर्न सकेमा दुवै देशले पर्यटनका माध्यमबाट फाइदा लिनसक्ने बताउनु भयो ।

यस्तै म्यामारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमार भैरहवा सिधा उडानबारे म्यानमारको सरकारीपक्षसंग संवाद भइरहको सन्दर्भमा म्यानमारको टोली नै नेपाल आउनुले उडानको लागि थप बल पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

यस्तै नेपालका लागि म्यानमारका राजदूत सेन ओले सिधा उडान गर्नेबारे आफुहरु सकारात्मक रहेको उल्लेख गर्दै यसको प्राविधिक पक्षको अध्ययन पछि नयाँ सम्भावनाबारे जानकारी गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

म्यामारको नेशलन एअरलाइन्सका कार्यकारी प्रमुख क्याप्टेन कुप खान्मुङले आफुले गौतमबुद्ध विमानस्थल निरक्षण गरेर फर्किएको र सिधा उडानबारे आफुहरु सकारात्मक रहेको बताउनु भयो । उहाँले यसको लागि आवश्यक प्राविधिक तथा व्यवसायिक योजनाकासाथ छलफल अगाडि बढाइने समेत बताउनु भयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बौद्धमार्गी म्यानमारबाट लुम्बिनीमा सिधा उडान गर्न सके धार्मिक पर्यटन प्रर्वद्धन गर्न सघाउपुग्ने उद्देश्यले बोर्डको पहलमा कार्यक्रम आयोजना गरिएको र छलफल सकारात्मक भएको बताउनु भयो ।

उहाँले यो छलफलपछि सिधा उडाननका नयाँ सम्भावना, व्यापार व्यवसाय तथा अनय पक्षबारे थप छलफल गर्ने बाटो खुलेको समेत बताउनु भयो । ‘ लुम्बिनीलाइ केन्द्रमा राखेर ठूलो लगानीमा विमानस्थल बनेको छ । तर बुद्धिस्ट कन्ट्रिबाट नै उडान छैनन् । यो अवस्थामा विमानस्थल संचालन तथा लुम्बिनीको पर्यटन प्रर्वटनका लागि हामीले यो पहल गरेका हौं ।

छलफल सकारात्मक रहेकोले यसले छिट्टै नयाँ सम्भावनाको ढोका खोल्नेमा हामी हामी आशाबादी छौं ।’ उहाँले भन्नु भयो । छलफल कार्यक्रममा नेपाल म्यामार उद्योग वाणिज्य संघका अध्यक्ष शिव कुमार अग्रवाल, प्रथम उपाध्यक्ष रतनलाल अग्रवाल, पर्यटन व्यवसायी तुलसी ज्ञवाली, मोहन बीर थापा लगायतले नेपाल म्यानमार सम्बन्धको चर्चा गर्दै म्यानमारबाट सिधा उडान हुन पर्यटनका साथै अन्य आर्थिक गतिविध समेत बढने बताउनु भयो ।

यसैबीच नेपालका लागि म्यानमारका राजदूत सेन ओले सहित म्यानमारबाट आएको टोलीले आजै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मनत्री सुदन किरातीसँग भेटघाट गर्ने कार्यक्रम रहेको र यस विषयमा मन्त्रीसंग पनि थप छलफल हुने नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले जानकारी दिनुभयो ।

वि.सं.२०८० वैशाख ६ बुधवार ०९:५० मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...