back
NMB ad

उपनिर्वाचन : पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने, यस्तो छ तयारी

Kumari bank ad

काठमाडौं । वैशाख १० गते तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनका लागि उक्त दिन पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चलाइने भएको छ । मुख्य राजमार्गको रुपमा रहेको उक्त खण्डअन्तर्गत मुग्लिनदेखि चापाघाटसम्म प्रहरी स्कर्टिङमा सवारी साधन सञ्चालनको व्यवस्था मिलाउन लागिएको हो ।

सो दिन उपनिर्वाचन हुने क्षेत्रअन्तर्गतका ठाउँमा भने यात्रु झर्न वा चढ्न नपाउने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । मुग्लिनबाट पोखरातर्फ जान आउने सवारीसाधन वा चापाघाटतर्फ मुग्लिनतर्फ जाने सवारी साधनलाई डेढरडेड घण्टाको फरकमा स्कर्टिङ गरिने उहाँले बताउनुभयो ।

उपनिर्वाचनका दिन आइतबार तनहुँ क्षेत्र नं १ अन्तर्गतका पाँच स्थानीय तहका भित्री सडक भने पूर्णरुपमा बन्द हुनेछ । “अत्यावश्यक काम नपरी उक्त दिन यात्रा नगर्न सबैलाई आग्रह गर्दछु, काम परे वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ,” उहाँले भन्नुभयो, “मुख्य राजमार्गमा प्रहरी स्कर्टिङ हुने भएकाले बीचमा चढ्ने वा झर्न पाइँदैन ।” निर्वाचनको संवेदनशीलतामा ध्यानमा राखेर यात्रा गर्ने यात्रुहरु तनहुँ क्षेत्र नं १ अन्तर्गतका व्यास, आँबुखैरेनी, भानु, बन्दीपुर र देवघाट क्षेत्रमा झर्न पाउँदैनन् ।

उपनिर्वाचनका दिन अत्यावश्यक सेवाअन्तर्गतका एम्बुलेन्स, दूध बोक्ने ट्याङ्कर, फोहर बोक्ने सवारी साधन, स्वास्थ्य संस्थाका सवारी साधनलाई भने निर्वाधरुपमा सञ्चालन गर्न दिइनेछ ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन सुरक्षा प्रबन्ध मजबुद बनाइएको प्रजिअ रिजालले जानकारी दिनुभयो । मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य रुपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनका दिन पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाको सुरक्षा रहनेछ ।

उपनिर्वाचनका दिन हावाहुरी र पानी परेको खण्डमा मतपत्र र मतपेटिका सुरक्षाका लागि आवश्यक सबै व्यवस्थापन मिलाइएको उहाँले बताउनुभयो ।

वि.सं.२०८० वैशाख ८ शुक्रवार १७:५५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...