back
NMB ad

महतले ग्रहण गरे उत्कृष्ट अर्थमन्त्रीको अवार्ड

Kumari bank ad

माघ ६, काठमाडौँ । लन्डनबाट प्रकाशित हुने लोकप्रिय आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सहप्रकाशन दि बैंकरले पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्रीको अवार्ड प्रदान गरेको छ ।

फाइनान्सियल टाइम्सको कार्यालय लन्डनमा मंगलबार आयोजित एक समारोहबीच दि बैंकर पत्रिकाका सम्पादक ब्रायन क्याप्लेनले महतलाई ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर ०१६’ अवार्डका साथै ९० वर्ष पहिले स्थापित उक्त पत्रिकाका संस्थापक सम्पादक ब्रेण्डन ब्रयाकनको मूर्ति प्रदान गरे।

उक्त अवसरमा बोल्दै सम्पादक क्याप्लेनलेनेपालमा गत वर्षको भूकम्पपछि मानवीय तथा वैदेशिक सहायता जुटाउन तत्कालिन अर्थमन्त्रीको रुपमा महतले खेलेको भूमिकाको सम्मान गर्दै पुरस्कार दिइएको बताए।

भूकम्प लगत्तै महत अर्थमन्त्रीका हैसियतमा अजरबैजानमा भएको एसियाली विकास बैंकको वार्षिक बैठकमा पुगेर सहयोग याचना गरेका थिए । त्यसपछि गत जुन २५ मा नेपालमा आयोजित पुनर्निर्माण सम्मेलनमा चार दशमलव एक बिलियन डलर वैदेशिक सहयोगको प्रतिवद्धता आउनुलाई बैंकरले महतको योगदान ठानेको छ ।

अवार्ड ग्रहण गरेपछि महतले पत्रकारसंग कुराकानी गर्दै यो राष्ट्रिय सम्मान भएको प्रतिक्रिया दिए । ‘मलाई यो सम्मान दिलाउन नेपाल सरकार, योजना आयोग, समकक्षी साथीहरु लगायत सबैको सहयोग प्राप्त भएको छ । उहाँहरु सबै बधाइका पात्र हुनुहुन्छ,’ महतले भने, ‘यसले मलाई देशको पुनर्निर्माण र आर्थिक समृद्धिमा काम गर्न थप प्रेरित गरेको छ ।’

डा. महतले ‘निकृष्ट अर्थतन्त्रका उत्कृष्ट अर्थमन्त्री’ भन्दै सामाजिक सञ्जाल र अन्यत्रतिर भएको आलोचनाको प्रतिवाद गरेका छन् । ‘देशको अर्थतन्त्र मैले डामाडोल पारेको छैन्,’ उनले प्रतिप्रश्न गर्दै अगाडि भने, ‘के दशक लामो तथाकथित जनयुद्ध, राजनीतिक अस्थिरता, नाकाबन्दी, भूकम्प, अनुशासनहीनता म अर्थमन्त्रीका कारण भएका हुन् ? बरु, मैले विषम परिस्थितिबीच पनि वित्तिय सन्तुलन कायम राखेँ ’ इकान्तिपुरडटकममा खबर छापिएको छ  ।

वि.सं.२०७२ माघ ६ बुधवार १४:३५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...