back
NMB ad

एक दर्जन बैंकमा जागीर खुल्यो, हेर्नुहोस् कुनमा कति ?

Kumari bank ad

काठमाडौ । कुमारी बैंक, आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त बैंकले बुधबारसम्मका लागि म्याद तोकेर जागीरका लागि आवेदन दिन भनेको छ ।

कुमारी बैंकले आईटी सुपरभाइजर, सुपरभाइजर, अफिसर र आईटी सिनियर अफिसर, अफिसर र सिनियल अफिसर, एसिस्टेन्ट मेनेजर र डेपुटी मेनेजर, मेनेजर र सिनियर मेनेजर र एसिस्टेन्ट जेनेरल मेनेजर पदका लागि दरखास्त आह्वान गरेको छ ।

आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केन्द्रिय तथा शाखा कार्यालयहरुका लागि विभिन्न ५ वटा पदका लागि दरखास्त बुझाउन भनेको छ । यता स्वरोजगार लघुवित्त बैंकले तालिमे कर्मचारीहरु माग गरेको छ ।

व्यवसाय विस्तार र ग्राहकहरुमाझ सेवा सुबिधा विस्तार गर्ने उदेश्यले नयाँ शाखा संख्या बढ्दै जाँदा नयाँ व्यक्तिहरुलाई बैंकमा रोजगारीको अवसर पनि बढ्दै गएको हो । हाल चार वटा क वर्गका बैंकले कर्मचारी मागेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय बाणिज्य बैंकमा २४९ जनाका लागि जागिर खुलेको छ । बैंकले प्रशासन अन्तर्गत ६ तहको सहायक प्रबन्धकमा ६९ जना कर्मचारी माग गरेको छ । यो पदका लागि आवेदन दिन अर्थशास्त्र वा ब्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण हुनु पर्नेछ । प्रशासन अन्तर्गत पाँच तहको वरिष्ठ सहायकका लागि १९ जना कर्मचारी मागिएको छ । यसका लागि व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उत्तिर्ण हुनुपर्ने बताइएको छ । यसैगरी बैंकले पाँच तहको वरिष्ठ सहायक (नगद) मा ५० जनाको दरखास्त आह्वान गरिएको छ । यसका लागि व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उतीर्ण हुनु पर्ने उल्लेख छ । बैंकले पाँच तहको वरिष्ठ सहायक (सूचना प्रविधि) का लागि ६ जना कर्मचारी माग गरेको छ । यसका लागि कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेशन वा सुचना प्रविध बिषयमा स्नातक उत्तिर्ण आवश्यक छ । बैंकले प्रशासन अन्तर्गत ४ तहको सहायक पदका लागि ५५ जना कर्मचारी माग गरेको छ । चार तहको सहायक (नगद) का लागि पनि ५० जना कर्मचारी माग गरेको छ । यसका लागि प्लस टु उत्तिर्ण भएको हुनु पर्नेछ । बैंकले उक्त पदहरुका लागि  आवेदन दिने मिति असोज २८ गतेसम्मका लाई तोकेको छ ।

नविल बैंक

नविल बैंकले बैंकको सेक्युरिटी व्यवस्थापन पक्षको सम्पूर्ण जिम्मेवारी सम्हाल्न सक्ने नेपाली नागरिकले दरखास्त आह्वान गर्न सक्ने भन्दै सेक्युरिटी कन्सल्टेन्ट माग गरेको छ । नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, इन्डियन आर्मी या व्रिटिश आर्मीबाट सुपरइन्टेन्डेन्ट अथवा कर्नेल रही काम गरेर अवकाश प्राप्त ६० वर्ष उमेर नपुगेका, कम्प्युटर बारे जानकारी भएको, अंग्रेजी र नेपाली भाषा जानेको र सीसीटीभी, आलर्म सिस्टम जस्ता सेयुरिटी ग्याजेटहरु ह्यान्डल गर्न सक्ने नेपाली नागरिकलाई असोज ५ गतेसम्ममा वायोडाटा र निवेदन पठाउन भनिएको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले प्रशिक्षार्थीको रुपमा मेनेजमेन्ट क्षेत्रका लागि दरखास्त आह्वान गरेको हो । सो पदका लागि कमर्स, मेनेजमेन्ट या इकोनोमिक्समा कम्तीमा ६० प्रतिशत प्राप्तांक ल्याएर मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर गरेको हुनुपर्नेछ । अनुभव नभएकाले पनि आवेदन दिन सक्ने बैंकले जनाएको छ । उक्त पदका लागि छनौट हुनेले बैंकको मुलुकभरका जुनसुकै शाखाका पनि काम गर्नुपर्ने बताइएको छ । राम्रो काम गरेमा एक वर्षपछि अफिसर लेभलको एउटा पदमा औपचारिक रुपमै नियुक्त गरिने बैंकले उल्लेख गरेको छ । आवेदक २८ वर्ष उमेर ननाघेको, अ्रग्रेजी र नेपाली बोली तथा लेखाईमा पोख्त र  कम्प्युरसम्बन्धि ज्ञान भएको हुनुपर्ने बताइएको छ । १६ सेप्टेम्बर अर्थात भदौ ३१ गतेभित्र बैंकमा सम्पर्क राखिसक्न भनिएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले उपत्यका बाहिरका शाखाहरुका लागि शाखा व्यवस्थापक माग गरेको हो । व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको, अग्रेजी लेखन र बोलीमा पोख्त, माइक्रोसफ्ट अफिसमा नेपाली र अंग्रेजी दुबै टाइपिङ जानेको नेपाली नागरिकलाई १८ सेप्टेम्बर अर्थात असोज २ गते सम्म अनलाई एप्लिकेशन फर्म भर्न आब्हान गरिएको छ ।

त्यस्तै तीन वटा घ वर्गका वित्तीय संस्था अर्थात लघुवित्त बैंकहरुले पनि कर्मचारी मागेका छन् ।

आशा लघुवित्त

हालसालै सञ्चालनमा आएको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय र भविष्यमा खुल्ने शाखा कार्यालयहरुका लागि विभिन्न आठ पदमा कर्मचारी माग गरेको छ । कम्पनीले भदौ ३० गतेभित्रमा कम्पनीको इमेल ठेगानामा बायोडाटासहित निवेदन दिन भनेको छ ।

रुरल माइक्रोफाइनान्स

असोज ३ गतेसम्म निवेदन दिनसक्नेगरि रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले विभिन्न पदका लागि ४ जना कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ सहायक (कम्प्यूटर÷सूचना प्रविधि)का लागि १ जना र सहायकमा ३ जना कर्मचारी माग गरेको छ ।

छिमेक लघुवित्त

छिमेक लघुवित्त विकास बैंकले सहायक ईकाई प्रबन्धक माग्दै व्यवस्थापन तथा वाणिज्य शास्त्र विषयमा प्रविणता तह द्धितीय श्रेणीमा उतीर्ण, ग्रामीण भेगमा रहेर काम गर्न इच्छुक तथा कम्प्युटर तालिमप्राप्त नेपाली नागरिकले असोज १० गते भित्रमा आवेदन दिनसक्ने बताएको छ ।

ख वर्गको विकास बैंक अन्तर्गत हालै स्थापना भएको राष्ट्रिय स्तरको विकास बैंक महालक्ष्मी विकास बैंकले केहि संख्यामा सिनियर एसिस्टेन्ट र सुपरभाइजर माग गरेको छ ।

बैंकले मान्यताप्राप्त शिक्षण संस्थाबाट आईटी या कम्प्युटर इन्जिनियरिङमा स्नातक उतीर्ण गरेको ३५ वर्ष उमेर ननाघेको, बैंक तथा वित्तीय संस्थामा रही कम्तीमा ३ वर्ष काम गरेकाहरुले १६ सेप्टेम्बर अर्थात भदौ ३१ गते भित्र निवेदन दिन भनिएको छ ।

बैंकिङ क्षेत्रसँगै सम्बन्धित एनआईसी एसिया क्यापिटलले पनि कर्मचारी मागेको छ । क्यापिटलले रिसर्च अफिसर, एडमिनिस्ट्रेसन अफिसर, पोर्टफोलियो मेनेजर, विजनेस डेभलपमेन्ट मेनेजर÷अफिसर र हेड मर्चेन्ट बैंकिङ माग गरेको छ । क्यापिटलले १६ सेप्टेम्बर अर्थात भदौ ३१ गतेसम्म आवेदन दिन भनेको छ ।

प्रकाशित मितिः २०७३ भदौ २९

वि.सं.२०७३ भदौ २९ बुधवार १४:३८ मा प्रकाशित

You can share this post!

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...