back
NMB ad

बर्षाले रोकिएको खेल भोलि कसरी सुरु हुन्छ ?

Kumari bank ad

काठमाडौं । एसिसी प्रिमियर कपको उपाधिका लागि घरेलु टिम नेपाल र युएईबीचको खेल वर्षाका कारण रोकिएको छ। आज खेल सुचारु हुने अवस्था न्यून छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको हो।

अब आज खेल हुने सम्भावना भएमा ओभर घटाइनेछ । दिउँसो ३ बजेसम्म पानी रोकिएर २० ओभरसम्मको खेल हुन सक्ने स्थितिमा आजै खेल हुनेछ। यद्यपि त्रिवि मैदानको आउट फिल्डमा पानी जम्दा मैदान हिलो भएको छ। त्यसैले आज खेल हुने सम्भावना न्यून छ। आज खेल हुन नसकेको अवस्थामा खेल भोलि रिजर्भ डेसम्मका लागि स्थगित हुनेछ।

भोलिका लागि खेल स्थगित भए आजकै स्थितिबाट खेल सुरू हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार आज ओभर घटाएर पनि खेल हुन सकेन भने भोलि आजकै स्थितिबाट युएईको (१०६/९( २७.३ ओभर) ब्याटिङ सुरू हुनेछ।

भोलिको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ।

सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ। यस्तो अवस्थामा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ। एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।

वि.सं.२०८० वैशाख १८ सोमवार १४:२१ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...