back
NMB ad

एशियन लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश पारित

Kumari bank ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा आज वैशाख १८ गते सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा होटल क्लासिक सिमरा, बारामा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित नाफाबाट ८.९४७ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । संचालक समितिले प्रस्ताव गरेको ८.५ प्रतिशत बोनश शेयर र ०.४४७ प्रतिशत(कर प्रयोजनका लागी) नगद लाभांशको प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी दुई अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँको ८.५ प्रतिशतले हुन आउने २४ करोड ७१ लाख ८९ हजार ४४२ बराबरको बोनश सेयर वितरण गर्नेछ ।

साधारण सभाले कर प्रयोजनको लागि रु.१ करोड ३० लाख ९ हजार ९७० नगद लाभांश(कर प्रयोजनका लागी) वितरणको समेत पारित गरेको छ । साथै बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न समेत साधारण सभाले स्वीकृत गरेको छ । यसैगरी कम्पनीको अधिकृत पूँजीलाई ५ अर्बबाट ६ अर्ब कायम गर्न प्रबन्धपत्रको दफा ६.१(क) मा संशोधनको प्रस्ताव समेत पारित भएको छ ।

साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गर्नुभएको संचालक समितिको प्रतिवेदनको साथै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष.२०७८/७९ (एनएफआरएस) बमोजिम आषाढ मसान्तसम्मको वासलात, नाफारनोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि अनुुसूचिहरु माथी छलफल सहित पारित गरेको छ । आर्थिक वर्ष ०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव सभाबाट पारित भएको छ ।

विशेष प्रस्ताव अन्तर्गतको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाबाट पारित भएको छ ।

यसैगरी कम्पनीले व्यवसायीकरुपमा बहालमा दिन तथा बिक्री गर्न भवन निर्माण गर्ने सम्बन्धमा प्रबन्धपत्रको दफा ५ (क) मा संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

यस कम्पनीको चालू आ.व. २०७९/८० को फागुनसम्ममा जीवन बीमाकोष ३५ अर्ब ६० करोड र कूल लगानी ३९ अर्ब ८ करोड छ । कम्पनीको फागुन मसान्तसम्मको कूल बीमाशुल्क आम्दानी ४० अर्ब ८५ करोड रहेको छ ।

वि.सं.२०८० वैशाख १८ सोमवार १६:४४ मा प्रकाशित

You can share this post!

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो   

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो   

वि.सं.२०८१ जेठ १० बिहीवार १०:२७

चितवन, १० जेठ : अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान...

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा   

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा   

वि.सं.२०८१ जेठ १० बिहीवार १०:२३

राँझा (बाँके), १० जेठ : हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया...

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:००

काठमाडौँ : बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका...

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:५२

काठमाडौँ : विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ...

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?      

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?    

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:४०

काठमाडौँ : मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान...

आज बुद्ध जयन्ती मनाइँदै     

आज बुद्ध जयन्ती मनाइँदै     

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:३४

काठमाडौँ : शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८...