back
NMB ad

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनमा कति ?

Kumari bank ad

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५– १५ दिनमा निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । खाना पकाउने ग्यासको हकमा एकरएक महिनामा मूल्यसूची पठाउँछ ।

सोही अनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो । नेपाल आयल निगमका अनुसार सोमबार आएको नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो ।

त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ घटेर आएको छ । हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा निगमले बिक्री गर्दै आएको छ । ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ पर्छ ।

यसअघि अप्रिल १६ मा पठाएको मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढेर आएको थियो । अघिल्लो पटक बढेर आउँदा पेट्रोल र डिजेलमा मूल्य समायोजन नभएकाले यसपटक घटेर आए पनि मूल्य यथावत राख्ने निगमले जनाएको छ ।

त्यस्तै, ग्यासको हकमा मूल्य घटेर आए पनि प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ नोक्सानीमै रहेको निगमले जनाएको छ ।

वि.सं.२०८० वैशाख १८ सोमवार २०:१५ मा प्रकाशित

You can share this post!

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...