back
NMB ad

अनियमितताबारे छानबिन गर्न माग   

Kumari bank ad

काठमाडौँ  । रमण कन्ट्रक्सन प्रालिले इलाम खानेपानी आयोजनाको काम सम्झौताबमोजिम नगरेको त्यहाँका उपभोक्ताले गुनासो गरेका छन् ।

उपभोक्ताले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी रमण कन्स्ट्रक्सनले सम्झौताबमोजिमका काम नगरेको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनियमिताबारे जानकारी गराएका हुन् । उपभोक्ताले उक्त कम्पनीले अनियमितता गरेको भन्दै त्यसबारे छानबिन गर्नसमेत माग गरेका छन् ।

उपभोक्ता सुमन श्रेष्ठले अहिले खानेपानी नयाँ पाइपबाट वितरण भए पनि उक्त पानी सम्झौता भएअनुसारको स्थानबाट नल्याइएको बताउननुभयो । “हाल खानेपानी नयाँ पाइपबाट दिइरहेको भए पनि सो पानी साविककै गिताङ र भाडी खोलाको हो, सम्झौतामा उल्लेख भएको मेवा खोला र राते खोलाको प्रति सेकेण्ड २० लिटरको पानी नयाँ पाइपमा हालिएको छैन”, श्रेष्ठले भन्नुभयो । उक्त खानेपानी आयोजना एसियाली विकास बैंक (एडिबी)को सहयोगमा नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी छ ।

कोरोना महामारीका कारण समयमा काम सम्पन्न नगरेको रमण कन्स्ट्रक्सनले थप गरिएको समयमा पनि काम सम्पन्न नगरेको र भएका काम पनि सम्झौताबमोजिम नभएको आरोप उपभोक्ताहरूको छ । “सम्झौताविपरीत गुणस्तरहीन कार्य गरेको आयोजनाका संरचना सम्झौताबमोजिम नगरिएको, मापदण्डविपरीत पाइप फिटिङ गरिएको, मिटर बक्स कमसल तथा गुणस्तरहीन जडान गरेको कारणबाट सो खानेपानीका उपभोक्तालाई दूरागामी असर परेको छ”, श्रेष्ठले भन्नुभयो ।

वि.सं.२०८० वैशाख १९ मंगलवार २१:३९ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...