back
NMB ad

बीमालेखका शर्त तथा सुविधाका बारेमा बीमितलाई जानकारी गराउन निर्देशन

Kumari bank ad

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयद्वारा मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका जीवन तथा निर्जीवन बीमा अभिकर्ताहरुसँग यही वैशाख १९ गते वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा अभिकर्ताहरुले बीमा गर्न चाहने व्यक्तिको आवश्यकता र आर्थिक अवस्थाका बारेमा बुझेर बीमा गर्नुपर्ने बताउनुभयो ।

उहाँले बीमालेखका शर्त तथा सुविधाका बारेमा अनिवार्यरुपमा बीमितलाई जानकारी गराउन, वित्तीय तथा मेडिकल जोखिमाङ्कन राम्रो गर्न र बीमा अभिकर्ताको पेशालाई मर्यादित बनाउँदै अगाडि बढ्न निर्देशन दिनुभयो ।

कार्यक्रममा सहभागी बीमा अभिकर्ताहरुले बीमितले बीमा सम्बन्धी गलत कार्य गरेमा हुने दण्ड सजायँका बारेमा बीमालेखमा नै उल्लेख हुनुपर्ने, बीमा अभिकर्ताहरुको दुर्घटना बीमा गर्ने व्यवस्था हुनुपर्ने, बीमा अभिकर्तालाई आभारभूत सुविधा उपलब्ध गराउनुपर्ने, तालिमको व्यवस्था हुनुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले कार्यक्रम संचालन र स्वागत सहायक निर्देशक अनिश तिमिल्सिनाले गर्नुभएको थियो ।

कार्यक्रममा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख÷प्रतिनिधि र बीमा अभिकर्ताहरु लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०८० वैशाख २० बुधवार १७:११ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...