back
NMB ad

सिन्धु विकास बैंकले फेरि ८०% हकप्रद दिने

Kumari bank ad

काठमाडौं । सिन्धु विकास बैंकले लगानीकर्तालाई १० कित्ता बराबर ८ कित्ता अर्थात ८० प्रतिशत हकप्रद शेयर दिने भएको छ ।

बैंकको भदौ २९ मा बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई उक्त निर्णय गरेको हो । नियामक निकायले निष्काशनको लागि अनुमति दिएपछि लगानीकर्ताले हकप्रद भर्न पाउने भएका छन् । बैंकले पूँजी वृद्धिका लागि उक्त हकप्रद दिन लागेको हो ।

हाल १२ करोड ९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको  सिन्धु विकासको हालै शत प्रतिशत हकप्रद निष्काशन गरेपछि चुक्ता पुँजी २४ करोड १८ लाख रुपैयाँ पुगेको छ । यसपछि भदौ १९ गते १६ दशमलव ८ को दरमा बोनस घोषणा गरेको छ । बोनस र पुरानो हकप्रद सहित पुग्ने चुक्तापूँजीको आधारमा १० बराबर ८ अनुपातमा पुन हकप्रद दिने घोषणा गरेको हो । यसपछि चुक्ता पुँजी ५० करोड ८३ लाख पुग्ने छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले चुक्ता पुँजी पुर्याउने भएको छ ।

प्रकाशितः २०७३ भदौ ३१

वि.सं.२०७३ भदौ ३१ शुक्रवार १५:०६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...