back
NMB ad

भारतसँगको व्यापार तथा पारवहन सन्धी नविकरण हुँदै

Kumari bank ad

काठमाडौ । वाणिज्यमन्त्री दीपक बोहोराले निकट भविष्यमै भारतसंगको व्यापार तथा पारवहन सन्धी नवीकरण गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । सन्धी नविकरणबारे आवश्यक तयारीका लागि विज्ञहरु सम्मीलित वृहत् कार्यशालाको आयोजना गर्ने र ठोस सुझावसमेत तयार पारिने उनले बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा रहेको चेम्बरको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री बोहराले यसबारे आवश्यक सुझाव दिनपनि व्यवसायीहरुलाई आग्रह गरे ।

मन्त्री बोहराले प्रधानमन्त्रीको आसन्न भारत र चीन भ्रमणका अवसरमा दुई देशवीच व्यापार तथा लगानीका क्षेत्रमा गरिनु पर्ने सुधारबारे सुझाव प्रदान गर्न पनि निजी क्षेत्रलाई अनुरोध गरेका थिए ।

भेटमा चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठले वाणिज्य नीतिअनुसार समग्र वाणिज्य ऐन कानूनहरुको संसोधन गर्न आवश्यक रहेको बताउंदै आर्थिक विषयसँग सम्बन्धीत ऐन कानूनहरु संसदमै अड्किनु दुखद रहेको बताए । उनले दलहरुको राजनैतिक गतिरोध र नाकावन्दीको वावजुद छिमेकी राष्ट्र भारतसंगको नियमित क्रियाकलापलाई अगाडि नबढाए भविष्यमा अझ ठुलो संकट निम्तन सक्ने तर्फ सरकार सचेत रहनु पर्नेमा जोड दिएका थिए ।

त्यस्तै प्रतिनिधिमण्डलले पेट्रोलियम पदार्थ लगायत बस्तुहरुको आयात निर्यातका लागि बैज्ञानिक ढङ्गले नाकाहरुको व्यवस्थापन गरिनु पर्नेमा जोड दिएको थियो । मुलुकको उत्तर तर्फको आयात निर्यातका लागि चीनसंग र दक्षिण तर्फको आयात निर्यातका लागि भारत तर्फका नाकाहरु बैज्ञानिक तवरले व्यवस्थापन गर्न सके ढुवानी खर्च न्युन गर्न सकिने प्रतिनिधिमण्डलको सुझाव रहेको थियो ।
चेम्बर अध्यक्ष श्रेष्ठले चीनसंग पनि लगानी प्रबद्र्धन तथा संरक्षण सम्झौता (विप्पा) सम्झौता गर्न आवश्यक भईसकेको बताउंदै चीनले उपलव्ध गराउंदै आएको भन्सार छुटमा नेपालबाट निर्यात हुने बस्तुहरु समेत सामेल गर्नु पर्ने आवश्यकता रहेको बताए । अन्यथा यस्तो व्यवस्था प्रभावकारी नहुने उनको भनाई थियो ।

वि.सं.२०७२ माघ ६ बुधवार १८:४७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...