back
NMB ad

एभरेष्ट बैंकको भैरहवा शाखाको सेवा अब आफ्नै नवनिर्मित भवनबाट

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनी भैरहवा शाखा आफ्नै नवनिर्मित भवनबाट कारोबार सुरु गरेको छ । आज बैशाख २४ गते आईतबार देखि सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२, प्रहरी टोलमा (हालको स्थानबाट करिब ४५० मिटर दक्षिण तर्फ आफ्नै नवनिर्मित भवनमा), स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरु सञ्चालन गरेको हो ।

उक्त नवनिर्मित शाखाको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् । उक्त भवनको उद्घाटन समारोहमा सिद्धार्थनगर चेम्बर अफ कमर्सका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक भैरहवाको नायब निर्देशक जिवन प्रकाश पाण्डे, जि.प्र.का रुपन्देहीका प्रहरी निरिक्षक सुरेश पन्त, बैंकका लुम्बीनी प्रदेशका प्रादेशिक–प्रबन्धक लव प्रसाद कुईकेल साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले एभरेष्ट बैंक सो क्षेत्रको एक अग्रणी बैंक भएको र भैरहवा र सो आसपासको क्षेत्रको विकासमा बैंकले उल्लेख्निय भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो भने बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफनै नवनिर्मित भवनबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताउनु भयो । साथै सो समारोहमा बैंकले विगत २५ वर्ष देखी निरन्तर रुपमा बैंक संग आबद्द ग्राहक नारायण बराईलाई सम्मान समेत गरेको थियो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

वि.सं.२०८० वैशाख २४ आइतवार १४:४८ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...