back
NMB ad

मोदी इनर्जीको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनको अपडेट

Kumari bank ad

काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आइपीओमा आज अन्तिम दिन (बैशाख २४ गते) सम्म १ अर्ब ४३ करोड १२ लाख ९८ हजार रुपैयाँ संकलन भएको छ ।

सिडिएसका अनुसार आज अन्तिम दिन बैशाख २४ गतेसम्म १२ लाख ८६ हजार ६२३ जना आवेदकले १ करोड ४३ लाख १२ हजार ९८० कित्ताका लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाएको ५५ लाख ५९ हजार ४२० कित्ता शेयरको २.५७ गुणा बढी हुन्छ ।

कम्पनीले कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९ सय १० कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २ सय ८० कित्ता सुरक्षित गरि सर्वसाधारणलाई ५९ लाख ९४ हजार ४ सय २० कित्ता सेयर निष्काशन गरेको हो ।

सर्बसाधारणले आईपिओमा वैशाख २४ गतेसम्म आवेदन दिन सक्ने छन् । यसमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

वि.सं.२०८० वैशाख २४ आइतवार १७:५६ मा प्रकाशित

You can share this post!

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४९

रसुवा २९ वैशाख : चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४४

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...