back
NMB ad

बैंक अफ इङ्ग्ल्याण्डद्वारा प्रमुख ब्याजदर ४.५ प्रतिशतले वृद्धि   

Kumari bank ad

लण्डन, २८ वैशाख  । बैंक अफ इङ्ग्ल्याण्ड (बीओई) ले आफ्नो बेन्चमार्क ब्याज दर ०.२५ प्रतिशत बिन्दुले बढाएर ४.५ प्रतिशत पु¥याएको छ । यो दर सन् २००८ को शरद ऋतुयताकै उच्च स्तर हो ।

बुधबार सम्पन्न मौद्रिक नीति समितिको बैठकमा बैंकको मौद्रिक नीति समिति (एमपीसी) ले ७–२ को बहुमतले वृद्धिको पक्षमा मतदान गरेको हो ।

सन् २०२१ को डिसेम्बरपछि यो ब्याजदर वृद्धि लगातार १२ औं पटक भएको हो । बीओईले उच्च मुद्रास्फीतिविरुद्ध आफ्नो लडाईं जारी राखेको छ ।

मार्चमा १०.१ प्रतिशतमा रहेको मुद्रास्फिति जुन बैंकको २ प्रतिशतको लक्ष्यभन्दा धेरै माथि थियो । पछिल्लो समय ऊर्जाको मूल्यमा आएको गिरावटका कारण यस वर्षको अन्त्यसम्ममा मुद्रास्फीति अप्रिलदेखि ५ प्रतिशतको हाराहारीमा झर्ने अनुमान गरिएको छ ।

यद्यपी, खाद्यान्नको मूल्य भने अझै बढ्ने अनुमान गरिएको छ । सन् २०२३ मा बेलायतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ०.२५ प्रतिशत र सन् २०२४ र २०२५ मा ०.७५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

फेब्रुअरीमा बीओईले सन् २०२३ मा ०.५ प्रतिशत सङ्कुचन हुने प्रक्षेपण गरेको थियो ।

“सुधारिएको दृष्टिकोणले बलियो विश्वव्यापी वृद्धि, कम ऊर्जा मूल्यहरू, बजेटमा वित्तीय समर्थन, र कडा श्रम बजारले घरपरिवारद्वारा कम सावधानीपूर्वक बचत गर्न सक्ने सम्भावनालाई प्रतिबिम्बित गर्दछ,” बैंकले भनेको छ ।

प्रतिवेदनमा भनिएको छ, “जोखिम कायमै छ, तर थप झट्का नलाग्दा हालको विश्वव्यापी बैंकिङ क्षेत्रको विकाससँग सम्बन्धित कर्जाको अवस्थालाई कडाइ गर्दा कुल गार्हस्थ्य उत्पादनमा थोरै मात्र असर पर्ने सम्भावना छ । बैंकले एमपीसीले ‘निरन्तर मुद्रास्फीतिको दबाबको सङ्केतलाई नजिकबाट निगरानी गर्न’ जारी राख्ने र आवश्यक भएमा मौद्रिक नीतिमा थप कडाइ गर्ने बताएको छ ।

वि.सं.२०८० वैशाख २८ बिहीवार २०:४४ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...