back
NMB ad

ग्लोबल आइएमई बैंकको अत्यन्त जरुरी सूचना !

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले एक भन्दा बढी डेबिट।क्रेडिट कार्ड तथा खाता भएका ग्राहकलाई सूचना जारी गरेको छ । बैंकद्वारा जारी सूचना अनुसार खातावालाहरुले अव एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैकबाट जारी गरिएको एकीकृत निर्देशनमा २०७९ को इ.प्रा.निर्देशन नं. (२१.०७९) बुँदा नं ४४ बमोजिम बैक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता (ने.रा. बैंकले तोके बाहेक) खोल्न नपाईने एवं एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड जारी गर्न नपाईने व्यवस्था रहेको छ । बैंकले उक्त प्रकारका खाता खोलि कारोबार गरिरहेका ग्राहकलाई २०८० जेठ १५ गते भित्र पायक पर्ने नजिकको शाखा कार्यालयमा गई १ भन्दा बढी कार्ड तथा खाता बन्द गरिदिन बैंकले आग्रह गरेको हो ।

यसका साथै, १० बर्ष देखि शुन्य मौज्दात रही कारोवार नभएका खाताहरु समेत आफैले बन्द गर्न सक्ने भएको हुंदा त्यस्तो खाता रहेका ग्राहकले पायक पर्ने नजिकको शाखा कार्यालयमा गई खाताको बिवरण अद्यावधिक गरी खाता सञ्चालन गर्ने सक्ने बैंकले जनाएको छ ।

वि.सं.२०८० जेठ ४ बिहीवार १२:०४ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...