back
NMB ad

जीवन बदल्ने यी तीन कथा : जसले हामीलाई हार मान्न दिँदैन

Kumari bank ad

जीवनमा सबैलाई कुनै न कुनै बेला उत्प्रेरित गर्ने कोही व्यक्ति या त केही विषय वस्तु चाहिन्छ । सफलताको कथा होस् या कुनै प्रेरक रोचक प्रसंग यसले जीवनलाई या त कुनै पनि समस्यालाई हेर्ने दृष्टिकोण नै बदलिदिन सक्छ । त्यसैले यहाँ तीन छोटा कथा प्रस्तुत गरिएको छ, जसले जीवनमा हार मान्न दिँदैन ।

१) बम्बल बीको कथा,

हामी त्यतिबेला मात्र राम्रोसँग काम गर्न सक्छौं जतिबेला हामीलाई आफ्नो निश्चित दायरा थाहा हुँदैन

       माहुरी प्रजातीको एउटा उड्ने किरा हो बम्बल बी, जसको शहरीर पखेराका तुलनामा धेरै नै ठूलो हुन गर्छ । धेरै वैज्ञानिकहरु यो कुरा मान्ने गर्छन् कि बम्बल बीको शरीर ठूलो र यसको पखेरा साना हुने हुँदा यसले राम्रोसँग उड्न सक्दैन । तर बम्बल बी आफैलाई यो समस्याको बारेमा यो निश्चित शारीरिक दायराको बारेमा थाहा छैन, त्यसैले यो कुनै समस्या या अवरोध बिना नै सजिलै यता उता उडिरहन्छ । यो कुराले हामीलाई जीवनमा ठूलो शिक्षा दिन सक्छ । मानिसहरुले पनि त्यस्तो अवस्थामा काम गर्न सक्दैनन् जति बेला उनीहरुलाई निश्चित घेरामा बाँधेर राखिन्छ । जब उनीहरुलाई बाधा अवरोधका बारेमा थाहा हुन्छ । यदि त्यहाँ केही पनि छैन भन्यो भने त्यो बाटो हिंड्न सजिलो हुन्छ । जीवनमा जुनसुकै समस्या भए पनि हामीले त्यसलाई गौण मानेर आफ्नो काम गरिह्यौ भने मात्र सफलता पाउन सक्छौं ।

२) एउटा भ्यागुताको कथा

जीवनमा जस्तोसुकै समस्या आए पनि भाग्नु हुन्न, तिमीले हार नमाने मात्र समस्याले हार मान्छ

       एकदिन एउटा भ्यागुता यता उता उफ्रिरहेको थियो । नजिकै एउटा गाई गोठ पनि थियो । उसले गाई गोठ वरिपरि के के रहेछ हेर्ने विचार ग¥यो । त्यसपछि उफ्रिँदै उफ्रिँदै यताउता गर्न थाल्यो । यताउता गर्दा गर्दै ऊ अचानक दूध राखेको अलि गहिरो भाडामा खस्न पुग्यो । जब ऊ त्यो भाडामा तैरिएर उफ्रिएर बाहिर निस्कन खोज्यो तब उसले थाहा पायो कि त्यो भाडा त सोचेभन्दा गहिरो छ । उसले आफ्नो पछाडिको गोडा तन्कायो, अगाडिको गोडा तन्कायो, यता घुम्यो, उता घुम्यो तर ऊ त्यहाँबाट बाहिर निस्कन सकेन । त्यो भाडा गहिरो थियो जहाँबाट ऊ सजिलै बाहिर निस्कन सक्ने अवस्था नै भएन । तर यो भ्यागुताले बाहिर निस्किएरै छाड्ने विचार ग¥यो र संघर्ष गरि नै रह्यो । उसले लगातार कोसिस गरिह्यो, यता घुम्यो उता घुम्यो, यता हान्थ्यो उता हान्थ्यो गर्दा गर्दा निकै समय बित्यो । यसो गर्दा गर्दै त्यो दूध ठूलो नौनीको डल्लोमा परिणत भयो । लगातारको उफ्राइले त्यो नौनी सारो पनि बन्न पुगेको थियो । त्यसपछि भ्यागुता त्यो नोनीको डल्लोमा टेकेर उफ्रिएर बाहिरियो । यो कथाले हामीलाई अप्ठ्यारो अवस्थामा पनि हार नमान्न सिकाउँछ ।

३) पाउरोटी बेच्नेको कथा

हामीले जीवनमा अरुलाई जे दिन्छौं, घुमीफिरी त्यही हामीले पाउने गर्छौं

       एकजना किसान थियो जसले सधैं एकजना पाउरोटी बनाउने व्यक्तिलाई एक पाउण्ड नौनी घ्यू बेच्ने गथ्र्यो । एक दिन त्यो पाउरोटी बेच्ने व्यक्तिले किसानले दिएको नौनी एक पाउण्ड छ कि छैन भनेर हेर्ने विचार ग¥र्यो । त्यसपछि उसले जोेखेर हेर्दा त नौनी कम रहेको देख्यो । त्यसपछि उसले त्यो किसानलाई लिएर गाउँको पञ्चायत बोलायो । किसानले ठगेको कुरा ग¥यो । गाउँ पञ्चायतले किसानलाई नौनी कसरी जोख्ने गर्छौं भनेर सोध्यो । त्यतिबेला किसानले आफूसँग नौनी जोख्ने तराजु नभएको तर स्केल भएको बतायो । स्केल कहाँबाट आयोभन्दा किसानले महिनौं पहिले आफूले उक्त पाउरोटी बेच्ने व्यक्तिसँग एक पाउण्ड पाउरोटी किनेको र त्यही एक पाउण्डको आधारमा नै आफूले नौनी बेच्नका लागि स्केल बनाएको बतायो र सजाय पाउने भए पनि पाउरोटी व्यापारीले नै सजाय पाउनुपर्ने बतायो । यसरी पाउरोटी बेच्ने व्यापारीले नै एक पाउण्ड भनेर कम पाउरोटी दिने गरेको कुराको खुलासा भयो । त्यस्तै हामीले जीवनमा अरुलाई जे दिन्छौं घुमीफिरी त्यही हामीले पाउँछौं भन्ने कुरा यो कथाले सिकाउँछ ।

५ असोज २०७३

वि.सं.२०७३ असोज ५ बुधवार २१:४२ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...