back
NMB ad

अब उद्योग व्यवसाय हड्ताल मुक्त क्षेत्र, बन्द हड्ताल गरे कडा सजाय हुने !

Kumari bank ad

भक्तपुर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग व्यवसाय क्षेत्रलाई अब बन्द हडतालमुक्त क्षेत्र बनाइने बताएका छन् । उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री जोशीले सबै दलसँग छलफल गरी बन्द हड्ताल मुक्तक्षेत्र बनाउन सरकारले ऐन नियम बनाउने तयारी गरिरहेको बताए।

लगानीमैत्री वातावरण नहुँदा पुँजी र मानवस्रोत पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले औद्योगिक क्षेत्रमा कार्यरत मजदुरले आफ्ना माग राख्न पाउने तर बन्द हडताल गर्न नपाउने गरी नीतिनियम एवम् कार्यविधि ल्याउन लागिएको बताए।

“सबै मन्त्रालयको उद्योग व्यवसायसँग सम्बन्धित काम उद्योग मन्त्रालयले मात्रै गर्ने गरी अन्य मन्त्रालयसँग छलफल अगाडि बढाइएको छ,” उनले भने– “यसका लागि मन्त्रालयको संरचना परिवर्तन गर्ने तयारी भइरहेको छ ।”

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न अग्रसर रहेको मन्त्री जोशीको भनाइ छ । उद्योग व्यवसायको विकासले मात्र राष्ट्रले कोल्टे फेर्नेर संविधान निर्माण र कार्यान्वयनपछि अव आर्थिक समृद्घि नै देशको मूल बाटो भएको मन्त्री जोशीले बताए।

विद्यमान सरकारी साधनस्रोतको अधिकतम उपयोग गरी जनताको हितमा काम गर्ने सोच अनुरुप सरकारले बन्द उद्योग पुन सञ्चालन अभियान चलाएको उनले जानकारी दिए । मन्त्रालयले चार वर्षे मध्यावधि योजना र २० वर्षभित्र देशमा औद्योगिक क्षेत्रको कस्तो मार्गचित्र हुनसक्छ भन्ने खाका ल्याउने तयारी गरिरहेको समेत बताए ।

७ असोज २०७३, १।००

वि.सं.२०७३ असोज ७ शुक्रवार १५:४८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...