back
NMB ad

ग्राहकको खाताबाट ९ लाख गायब भएपछि, के भन्छ माछापुच्छ्रे बैंक ?

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकले रौतहट स्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण गराएको छ ।

ग्राहकको पैसा हराएको गुनासो आएपछि बैंकले अनुसन्धान गरेको र अनुसन्धानका क्रममा सम्बन्धित ग्राहककै मोबाइल बैंकिङ्ग प्रयोग भई पैसा ‘ट्रान्सफर’ भएको पाइएको बैंकले जनाएको छ । सम्बन्धित ग्राहककै मोबाइल बैंकिङ्गबाट अन्य बैंकका खाताहरू तथा खल्ती वालेटमा रकम ट्रान्सफर भएको देखिएको बैंकले जनाएको छ ।

बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एस.एम.एस., एक्टिभेसन कोड तथा ओ.टी.पी. ग्राहक कै मोबाइलमा गएको देखिएको पनि बैंकले दाबी गरेको छ ।

बैंकले ग्राहकहरूको बैंक खातामा रहेको बचत पूर्ण रूपमा सुरक्षित रहेको जानकारी गराउँदै मोबाइल बैंकिङ्ग तथा अन्य डिजिटल सेवाहरूको प्रयोग गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ । बैंकले यसबारे प्रहरीलाई पनि जानकारी गराएर अनुसन्धान गर्न अनुरोध गरिएको जनाएको छ ।

रौतहट चन्द्रपुर नगरपालिका ४ स्थित माछापुच्छ्रे बैंकको शाखाबाट रौतहटका वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको ९ लाख रुपैयाँ हराएको थियो ।

 

वि.सं.२०८० जेठ ९ मंगलवार २०:०४ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...