back
NMB ad

एफएनसीसीआईले रोजगार मेला आयोजना गर्दै, यस्तो छ उदेश्य

Kumari bank ad

काठमाडौं, १२ जेठ । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला आयोजना गर्दैछ । रोजगार मेला यही जेठ १६ र १७ गते महासंघको सचिवालय, टेकूमा आयोजना हुदैछ । रोजगार मेलाको जेठ १६ गते विहान १० बजे उद्घाटन गरिने कार्यक्रम छ ।

रोजगार मेला नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना हुन लागेको हो । रोजगार मेलामा रोजगार सेवा केन्द्र एवं मेरो जवको प्राविधिक सहायता रहने छ ।

मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहने छ ।

कामको खोजीमा रहेका यूवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना हुन लागेको हो ।

रोजगार मेलामा १०० भन्दा बढी कम्पनीहरुको सहभागिता रहने छ भने मेलामा कामको खोजीमा रहेका ५ हजार भन्दी बढी यूवाहरुलाई अवलोकन गराउने लक्ष्य राखिएको छ । कार्यक्रममा रोजगारी, सिप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श शेसनहरु समेत आयोजना हुने छन् ।

कामको खोजीमा रहेकाहरूले महासंघको वेभसाइट  http://www.fncci.org मा गई कार्यक्रममा सहभागीताका लागि रजिष्ट्रेशन गर्नुपर्नेछ । रजिष्ट्रेशन आज सांझसम्म चल्ने छ । रोजगार मेलामा सहभागी हुने कम्पनीहरूका लागि जेठ १० गतेसम्म रजिष्ट्रेशनको समय कायम गरिएको थियो ।
रोजगार मेला जेठ १७ गतेसम्म चल्ने छ । रोजगार मेलालाई एउटा क्यालेण्डर इभेन्टकोरूपमा हरेक साल आयोजना गर्ने कार्यक्रम महासंघको छ ।

वि.सं.२०८० जेठ १२ शुक्रवार १६:२८ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...