back
NMB ad

आगामी वर्षको बजेट आज सार्वजनिक हुँदै, बढ्ला त कर्मचारीको तलब ?

Kumari bank ad

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ ।

संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो । बैठक दिउँसो ४:१५ बजे बोलाइएको छ ।

‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ।व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ । नयाँ संविधान जारी भएपछि हरेक वर्ष गणतन्त्र दिवसका दिन अर्थात जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्दै आएको छ ।

सरकारले कर्मचारीको तलब बढाउँछ वा यथावत राख्छ भन्ने विषयमा अधिकांशको चासो बढेको छ । सरकारले हरेक दुई वर्षमा कर्मचारीको तलब हेरफेर गर्दै आएको छ । गत वर्षको बजेट मार्फत् कर्मचारीको तलब तह अनुसार १५ प्रतिशतले बढेको थियो । गत वर्ष कर्मचारीको तलब बढेको कारण पनि यो वर्ष नबढ्नु पर्ने हो । मन्त्रालय स्रोतका अनुसार पनि यो वर्ष कर्मचारीको तलब बढ्ने छैन ।

तर, उच्चस्तरीय तलब सुविधा आयोगले सरकारी कर्मचारीको न्यूनतम तलब बढाउन सिफारिस गरेपछि बजेट लेखन समितिले यस विषयमा पनि सोचेको छ । समितिले कर्मचारीको तलब बढाएर महँगी भत्ता र पोसाक भत्ता कटौती गर्न सक्ने चर्चा पनि  छ ।

सो समितिले कर्मचारीको न्यूनतम तलब ३५ हजार रुपैयाँ बनाउन सिफारिस गरेको थियो । पूर्वमुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा गठित समितिले सबैभन्दा तल्लो तहका कर्मचारीलाई ३५ हजार तलब कायम गर्नु पर्ने सिफारिस गरेको थियो । आयोगले मुख्यसचिवको तलब १ लाख २२ हजार ५०० रुपैयाँ हुने गरी व्यवस्थापन गर्न सुझाव दिएको थियो ।

वि.सं.२०८० जेठ १५ सोमवार १४:४७ मा प्रकाशित

You can share this post!

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२७

काठमाडौँ, १५ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२३

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन...

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:१२

नवलपुर (नवलपरासी), १५ जेठ : पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी...

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:०४

काठमाडौँ, १५ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

आज गणतन्त्र दिवस मनाइँदै   

आज गणतन्त्र दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:५९

काठमाडौँ, १५ जेठ : आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ ।...

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:३७

म्याग्दी, १५ जेठः म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका...