back
NMB ad

बजेटपछिको सेयर बजार : ५३ अंकको पहिरो, के भन्छन् जानकार ?

Kumari bank ad

काठमाडौं । बजेट पुँजीबजारलाई लिएर खासै सम्बोधन नभएपछि सेयर बजार नकारात्मक प्रभाव परेको छ।

मंगलबार सेयर बजारमा उच्च गिरावट आएको छ । उक्त दिन बजार ५३.१६ अंकले घटेर १८८८ को विन्दुमा कायम हुन पुगेको हो ।

उक्त दिन २ अर्ब ३४ करोड १७ लाख ७७ हजार रुपैंया बराबरको कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको सबै उपसूचकमा राताम्मै भएको छ ।

सेयर बजारमा गिरावट आउँदा श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ९.२६ प्रतिशतले सेयर मूल्य घटेको छ । त्यसैगरी सिटिजन म्युचुअल फण्डको ९.१० प्रतिशत, सामुदायिक लघुवित्तको, ८.७२प्रतिशतले सेयर मूल्य घटेको छ ।

सरकारले बजेटमार्फत पुँजीगत लाभकर घटाउने अपेक्षा लगानीकर्ताको थियो। तर, बजेटमा पुँजीगत लाभकर यथावत राखिएको छ।

सरकारले बजेटमार्फत एफपीओ जारी गर्दा प्राप्त प्रिमियम तथा मर्जर र एक्विजिसनका क्रममा प्राप्त हुने बार्गेन गेनलाई बोनस सेयरका रुपमा वितरण गर्दा कर लाग्ने गरेको व्यवस्था गरेको छ। यसको लगानीकर्ताले चर्को विरोध गरेका छन्। यिनै कारणले लगानीकर्ताको मनोबल गिर्दा आज बजार प्रभावित जानकारहरु बताउँछन्।

वि.सं.२०८० जेठ १६ मंगलवार १५:२१ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...