back
NMB ad

वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन   

Kumari bank ad

मोरङ, १८ जेठ। सीमावर्ती भारतको कटिहार जिल्लाको वथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्म कार्गो रेल सेवा आजदेखि सञ्चालनमा आएको छ ।

विभिन्न ध्वजापताकाले सजाइएको उक्त कार्गो रेल विभिन्न उद्योगको कच्चा पदार्थ बोकेर विराटनगर आइपुगेको हो ।

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्तरूपमा नयाँदिल्लीबाट हरियो झण्डा देखाएर उद्घाटन गर्नुभएपछि वथनाहाबाट छुटेको रेल आठ किलोमिटर दूरीमा रहेको विराटनगर बुधनगरस्थित नेपाल कस्टम यार्डमा आइपुगेको हो ।

वथानाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँचचौकीको कस्टम यार्ड रेलमार्गमा कार्गो रेलसेवा सञ्चालन भएको हो । कार्गो रेल विराटनगर आएपछि उद्योगपति, व्यापारी एवं सर्वसाधारणले स्वागत गरेका छन् ।

यसअघि भारतको वथनाहासम्म उद्योगका कच्चापदार्थ रेलमार्फत आउने गरेको र त्यहाँबाट मालवाहक सवारी साधनमार्फत उद्योगमा ल्याइने गरिएको थियो । कार्गो रेल सेवा सञ्चालनले भारतलगायत तेस्रो मुलुकबाट आएका कच्चापदार्थ अब सोझै विराटनगरको एकीकृत भन्सार जाँच आइपुग्दा व्यापारीलाई सहज एवं ढुवानी भाडामा समेत खर्च कम लाग्ने भएको छ ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले उद्यमी व्यापारीको वर्षौंदेखिको चाहना पूरा भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा कच्चा पदार्थको ढुवानी सस्तो भई उपभोक्तासमेतलाई राहत पुग्ने धारणा राख्नुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले कार्गो रेल सेवा सञ्चालनले प्रदेशको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।

कार्गो रेल सेवासरह आगामी दिनमा राज्यले यात्रुवाहक सेवा पनि सञ्चालन गर्नुपर्नेमा स्थानीयवासीको भनाइ छ । उक्त आयोजनाको निर्माण लागत भारु तीन अर्ब ७३ करोड रहेको छ । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सो रेल निर्माण भएको हो ।

भारतको वथनाहादेखि मोरङको कटहरी गाउँपालिकाको महेशपुरसम्म १८ किलोमिटर रेल सञ्चालनका लागि १२ वर्ष अगाडि सम्झौता भई काम सुरु भए पनि जग्गा मुआब्जाको विवादले बाँकी खण्डमा काम रोकिएको छ । अहिले आठ किलोमिटर रेलमार्गमा मात्र सेवा सञ्चालनमा आएको छ ।

वि.सं.२०८० जेठ १८ बिहीवार १८:०८ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...