back
NMB ad

आन्तरिक राजश्व विभागले पूँजीगत लाभकरका सम्बन्धमा सच्याएर जारी गर्यो विज्ञप्ति

Kumari bank ad

काठमाडौं । आन्तरिक राजश्व विभागले पूँजीगत लाभकरका सम्बन्धमा सच्याएर दोस्रो विज्ञप्ति जारी गरेको छ ।

यसअघि बुधबार विभागले एक सूचना जारी गर्दै धितोपत्र बिक्री गर्दा हुने लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने प्रस्ट पारेको थियो। तर, उक्त सूचनामा नियमित व्यवसायी नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साबिक बमोजिम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने साविकको व्यवस्थामा कुनै परिवर्तन नभएको प्रस्ट पारिएको थियो।

विभागले आज जारी गरेको संशोधित सूचनामा भने ‘पटके’को ठाउँमा ‘प्राकृतिक व्यक्ति’ भनेर संशोधित सूचना जारी गरेको हो।

यसअघि आजै आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीलाई भेटेर बुधबारको सूचनाबाट लगानीकर्ताहरु थप अन्यौलमा परेको जानकारी गराएका थिए।

लगानीकर्ताहरुसँगको छलफलमा महानिर्देशक मैनालीले बुधबारको सूचनामा संशोधन गर्दै पटकेको ठाउँमा प्राकृतिक व्यक्ति राख्ने र सोहीअनुसार अर्को सूचना प्रकाशित गर्ने जानकारी गराएका थिए।

छलफलमा सहभागी एक लगानीकर्ताले भने, ‘प्राकृतिक व्यक्ति भन्नाले आमलगानीकर्ता र नियमित व्यवसायी भन्नाले कम्पनी दर्ता गरी धितोपत्र कारोबार गर्ने संस्था वा कम्पनी रहेको पनि महानिर्देशक मैनालीले प्रस्ट पार्नुभएको छ। यसले आमलगानीकर्ताले अब साबिककै पुँजीगत लाभकर तिरे पुग्ने प्रस्ट हुन्छ।’

वि.सं.२०८० जेठ १८ बिहीवार २०:४० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...