back
NMB ad

कोशी प्रदेश : बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो   

Kumari bank ad

विराटनगर, १८ जेठ । कोशी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ । सो प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्रीका तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार सदनमा पेश गर्नुभएको थियो । बुधबार चार जना र आज २९ जनाले सो प्रस्तावमाथि आआफ्ना सुझाव तथा प्रतिक्रिया दिनुभएको थियो ।

मुख्यमन्त्री कार्कीले छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले प्रदेशलाई समृद्ध बनाउन यहाँका सबै सम्भावना र क्षेत्रमा सरकारले योजनाबद्धरुपमा विकास गर्ने भन्दै आजको छलफल जीवन्त भएको प्रतिक्रिया दिनुभयो । मुख्यमन्त्री कार्कीले छलफलमा उठेका प्रश्न, जिज्ञासा र सुझावले सरकारले बनाउने वार्षिक नीति तथा कार्यक्रमलाई अझ समृद्ध बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै सरकारले राजस्वको दर होइन दायरा बढाउने जानकारी दिनुभयो ।

उहाँले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर उत्पादन, उत्पादकत्व बढाई रोजगार र निर्यात बढाउने तथा आयातलाई विस्थापित गर्ने सरकारको योजना रहेको स्पष्ट पार्दै सरकारले चालु खर्च घटाई पुँजीगत खर्च बढाउने योजनामा रहेको धारणा राख्नुभयो । प्रदेशलाई समृद्ध बनाउन निजी क्षेत्रलाई सहभागी बनाउने धारणा राख्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, “छलफल र सुझावले सरकारलाई मार्गदर्शन दिन्छ ।” बिहान ११ बजेदेखि सञ्चालन भएको आजको बैठक ३० मिनेटका लागि स्थगन भई पुनः सञ्चालन भएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि ११ बस्ने सभामुख बाबुराम गौतमले बताउनुभयो ।

वि.सं.२०८० जेठ १८ बिहीवार २१:५८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...