back
NMB ad

एनएमसी सहकारीले ल्यायो आफ्नै ‘ब्रान्ड’को सिटिसी चिया   

Kumari bank ad

झापा, २९ जेठ ।झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले (एनएमसी)ले आफ्नै ब्रान्डको सिटिसी चिया बजारमा ल्याएको छ । झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको उक्त सहकारीले हाल चियासहित पाँचवटा व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थाले चिया उत्पादन, बचत तथा ऋण, डेरी उद्योग, कृषि फार्म र सहकारी पसल सञ्चालन गरिरहेको छ ।

एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीका अनुसार चिया व्यवसायअन्तर्गत संस्थाले पहिलेदेखि नै अर्थोडक्स चियाअन्तर्गत ‘ग्रीन टी’ र ‘ब्ल्याक टी’ बजारमा ल्याएको थियो भने हालै सिटिसी चिया प्याकेजिङ उद्योग सञ्चालनमा ल्याएको हो । एनएमसी टी ब्रान्डमा पाँच सय ग्राम र दुई सय ग्रामका प्याकेट बजारमा उपलब्ध छन् ।

अर्थोडक्स चियाका पारखीको माग अनुसार नै उद्योगले सिटिसी चिया बजारमा ल्याएको र यसलाई चियाका पारखी उपभोक्ताले मन पराइदिने अपेक्षा राखिएको अध्यक्ष उप्रेतीले बताउनुभयो । एनएमसीका चिया नेपाली बगानबाट उत्पादित, उत्कृष्ट, गुणस्तरीय र ताजा रहेको भन्दै उहाँले यसको उत्पादन र प्रशोधनमा चिया विज्ञको परामर्श लिई प्रयोगशाला परीक्षण गरेर मात्र बजारमा पठाइएको जानकारी दिनुभयो ।

संस्थाले विसं २०५२ देखि बचत तथा ऋणको व्यवसाय, विसं २०७२ देखि बहुव्यवसाय, विसं २०७२ वैशाखदेखि एनएमसी डेरी उद्योग र विसं २०७५ मादेखि एनएमसी कृषि फार्म सुरु गरेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । मेचीनगर–१४ दुहागढीमा १६ बिघा जमिन खरिद गर्नुका साथै १० बिघा भाडामा लिएर कृषि व्यवसाय गरिएको उहाँको भनाइ थियो ।

उहाँका अनुसार विसं २०७६ वैशाखदेखि एनएमसी सहकारीले पसल सुरु गरी हाल १६ स्थानमा पसल सञ्चालनमा छन् । पछिल्लो व्यवसायको रूपमा विसं २०७८ असारदेखि झापाको मेचीनगर–५ स्थित सुरेन्द्रनगरमा एनएमसी चिया उद्योग सुरु गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

चिया व्यवसाय विस्तारका क्रममा आर्थिक वर्ष २०७८/७९ मा इलामका तीनवटा चिया सहकारी संस्था (साँघुबेँसी, सिद्धपोखरी र इलामेली)सँग एकीकरण गरी सोही आर्थिक वर्षदेखि किसानद्वारा उत्पादित हरियो चिया पत्ती खरिद र प्रशोधन गर्ने गरिएको उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७८/७९ मा ७५ हजार केजी तयारी अर्थोडक्स (ग्रीन टी र ब्ल्याक टी) चिया उत्पादन गरेर स्वदेशी र विदेशी बजारमा बिक्री गरिएको जनाउँदै अध्यक्ष उप्रेतीले आउँदो आवमा त्यसलाई बढाएर दुई लाख केजी पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।

वि.सं.२०८० जेठ २९ सोमवार १५:३१ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...