back
NMB ad

आशा लघुवित्तले बोलायो विशेष साधारणसभा, यस्ता छन् एजेण्डा

Kumari bank ad

काठमाडौं, ३२ जेठ । आशा लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा बोलाएको छ।

संस्थाको बुधबार बसेको बैठकले आउँदो असार १६ गते विशेष साधारणसभा बोलाएको हो। सभा काठमाडौंको ककनीस्थित फल एन्ड ट्राउट भिलेज होटेल एन्ड रेस्टुरेन्टमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्त प्राप्ति गर्ने प्रक्रिया स्वीकृत गर्नेछ। सभाले दुवै लघुवित्तबीच प्राप्ति प्रक्रियालाई निर्धारण गरिएको १ः१ सेयर स्वाप रेसियो पारित गर्नेछ।

प्राप्तिपछि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठनपश्चात साविक सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिनेसम्बन्धी विशेष प्रस्ताव पारित हुनेछ।

प्राप्ति प्रक्रिया पूरा भएपछि बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड रहने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। प्राप्तिपछि संस्थाको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

विशेष साधारणसभा प्रयोजना संस्थाले असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ असार ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै लघुवित्तको सभामा भाग लिन पाउनेछन्।

वि.सं.२०८० जेठ ३२ बिहीवार ११:५३ मा प्रकाशित

You can share this post!

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:५६

काठमाडौँ, २८ वैशाखः काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित...

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:२३

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल...

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...

चट्टान आरोहण गर्दैगर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु   

चट्टान आरोहण गर्दैगर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:४६

खोटाङ, २८ वैशाख : साहसिक खेल भनेर चिनिने चट्टान आरोहण...

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:३१

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत...