back
NMB ad

बैंकमै थुप्रिन थाले पैसा, कर्जा प्रवाह ठप्प

Kumari bank ad

काठमाडौं । बैंकहरुमा लगातार निक्षेप बढ्दै जाँदा र कर्जाको माग नहुँदै पैसा बैंकमै थुप्रिन थालेपछि बैंकहरूले अन्तर बैंक सापटी बन्द गरेका छन् ।

बैशाख यता बैंक तथा वित्तिय संस्थाको निक्षेप ८५ अर्ब रुपैयाँले बढेको छ । चैत मसान्तसम्म ५४ खर्ब ८५ अर्ब निक्षेप रहेकोमा बैशाखमा १० अर्बले बढेर बैशाख मसान्तसम्म ५४ खर्ब ९५ अर्ब पुगेको थियो ।

जेठ यता मात्र ७५ अर्बले निक्षेप बढी सकेको छ । असार ९ गतेसम्म बैंक तथा वित्तिय संस्थाको निक्षेप ५५ खर्ब ७० अर्ब पुगिसकेको छ । यद्यपि यो अवधिमा बैंक तथा वित्तिय संस्थाले प्रवाह गरेको कर्जा भने लगभग शुन्यको अवस्थामा देखिएको छ ।

बैशाख यता ३२ अर्बले कर्जा प्रवाह घटेको छ । चैत मसान्तसम्म ४८ खर्ब ८९ अर्ब रहेको कर्जा प्रवाह बैशाख मसान्तमा आइपुग्दा १० अर्बले कर्जा लगानी घटेर ४८ खर्ब ७९ अर्ब रहेको देखिन्छ । त्यसपछि असार ९ गतेसम्म आइपुग्दा कर्जा लगानी ४८ खर्ब ५७ अर्बमा सिमित रहेको केन्द्रिय बैंकको तथ्यांक छ ।

बैंक तथा वित्तिय संस्थाले कर्जाको ब्याजदर उच्च लिएकै कारण कर्जा प्रवाहमा कमी आएको हो । उद्योगी व्यवसायीले बढी ब्याजदर तिरेर कर्जा लिन नसक्ने बताउँदै आएका थिए ।

अहिले बैंकिङ सिस्टममा अत्यधिक तरलता हुँदा केन्द्रिय बैंकले दुई पटक बजारबाट तरलता तानिसकेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत शुक्रबार अन्तर बैंक ब्याजदर २.६५ प्रतिशतमा झरेको छ । यो पछिल्लो डेढ वर्ष यताकै कम हो ।

वि.सं.२०८० असार १२ मंगलवार ११:३३ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...