back
NMB ad

बजेट आश्रित तीन विधेयक सदनमा पेस

Kumari bank ad

काठमाडौ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले ‘आर्थिक विधेयक, २०७३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७३’ र ‘ऋण तथा जमानत ९एक्काइसौँ० विधेयक, २०७३’ प्रस्तुत गरेका छन् ।

प्रस्तुत विधेयकहरूलाई विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

विधेयकका सैद्धान्तिक पक्षमा मात्र भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले आर्थिक अनुशासन एवम् वित्तीय पारदर्शीता कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उहाँले आन्तरिक राजस्व वृद्धि गर्नेमा नै सरकारको जोड हुने पनि बताए ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले प्रस्तुत विधेयक चालु अधिवेशनमा नै पारित गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको जानकारी दिदैं सांसदहरूले उठाउनुभएका सकारात्मक विषयलाई आत्मसात गर्ने दृढता समेत व्यक्त गरेका छन्।

त्यसअघि ती विधेयकका सैद्धान्तिक पक्षमा सांसदहरू रामशरण महत, विष्णु पौडेल, रवीन्द्र अधिकारी, प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले, भानुभक्त ढकाल, चित्रबहादुर केसी, गीता छेत्री, कर्णबहादुर थापा, रेवतीरमण भण्डारी, चित्रबहादुर केसी, रामेश्वर फुयाँल र प्रेम सुवालले भाग लिएका थिए ।

प्रकाशित मितिः २०७३ असोज १३

वि.सं.२०७३ असोज १३ बिहीवार १८:३० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...