back
NMB ad

प्रिमियममा आईपीओ निष्काशन गर्दै भगवती हाइड्रोपावर, क-कसले दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही असार २४ गतेबाट प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुला गर्नेछ । कम्पनीको सेयरमा कास्कीको पोखरा महानगरपालिकावडा नम्बर १३, १४, २६ र २७ (साविकको पोखरा उप–महानगरपालिका वडा नम्बर १३, १४, १८ २२ र लेखनाथ नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६ र ७) का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८५ हजार ८१० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरिनेछ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारण जारी हुने कुल ८ लाख ५८ हजार ९७ कित्तामध्ये १० प्रतिशतले हुन आउने ८५ हजार ८१० कित्ता जारी गरेको हो। यसमा उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन पाउने छन्।

विदेशमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आईपीओ भर्न पाउनेछन्। उनीहरुले साउन ७ गतेसम्म आवेदन दिन पाउनेछन्। मागबमोजिम आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद साउन २२ गतेसम्म लम्बिन सक्छ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीयले सो समयमा पूर्ण आवेदन नदिएमा साउन २२ गतेसम्म लम्बिनेछ ।

भगवती हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। स्थानीयले काठमाडौं नक्सालस्थित सिद्धार्थ क्यापिटल, कास्कीको लेखनाथमा रहेका सिद्धार्थ बैंकको शाखा, कामना सेवा विकास बैंकको शाखा, कुमारी बैंकको शाखा र कुमारी बैंककै काहुनखोला शाखाबाट खरिद आवेदन दिन सक्नेछन्।

वि.सं.२०८० असार १५ शुक्रवार १०:४७ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...