back
NMB ad

एनएमबि बैंकले किसानलाई बिना धितो २ लाखसम्म ऋण दिने

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकले बिना धितो किसानलाई कर्जा दिने भएको छ । बैंकले एनएमबि खेती कर्जा अन्तर्गत दुई लाखसम्मको कर्जा दिने भएको हो । उक्त कार्यको लागि एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसी र खेति एपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तुल्छि गिरिले हस्ताक्षर गरेका हुन् ।यस कर्जा मार्फत किसानहरुले खेति एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्छनेछन् ।

वित्तीय पहुँचबाट बञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक शुरु गरिएको छ ।

किसानहरुले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य बिभिन्न आवश्यक कृषिजन्य बस्तु तथा उपकरणहरु खरिद गर्नको लागि यो कर्जा सरल किस्ताबन्दिमा बिना धितो प्राप्त गर्न सक्नेछन् भने यस कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरु पेश गर्नुपर्ने झंझट ब्यहोर्नुपर्ने हुंदैन । यो कर्जा पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारीत कर्जा भएकाले किसानहरुले खेतिसँग पहिला गरेको कारोवारको मूल्याङकन गरेर स्विकृति गरिनेछ भने ग्राहकहरुले ३ महिना देखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरी अर्काे कर्जा पनि तुरुन्तै प्र्राप्त गर्न सक्नेछन् ।

यस एनएमबि खेति कर्जा प्राप्त गर्नको लागि ग्राहकहरुले एनएमबि बैंकमा खाता खोलेको हुनुपदर्छ भने खेति एप अनिवार्य डाउनलोड गरि एपमा भएका फिचरहरुको प्रयोग गरेर ग्राहक पहिचान बिवरण भर्नुको साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोवार खेति एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म शुरु जस्ता खेतिका महत्वपूर्ण चरणहरुमा पूर्ण सहभागि भएको हुनुपर्नेछ ।

देशले कृषिको ब्यवसायिकरणमा जोड दिईरहेको अवस्थामा किसानहरुलाई पूर्णरुपमा डिजिटल प्र्रविद्यिमा आधारित बिना धितो कर्जा ५ मिनेटभित्र प्राप्त गर्न सकिने यस एनएमबि खेती कर्जाले किसानहरु लाभान्वित भई समग्र कृषि क्षेत्रको बिकास भई नेपालको अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव परि देशको आर्थिक बिकासमा मद्धत पुग्ने बैंक र खेतिको बिश्वास रहेको छ ।

वि.सं.२०८० असार १५ शुक्रवार १७:०४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...