back
NMB ad

आईपीओ निष्काशनको लागि यी ५ कम्पनीले पाए अनुमति, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५ कम्पनीलाई आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको छ ।

बोर्डले हाथवे इन्भेस्टमेन्ट नेपाल, मान्डु हाइड्रोपावर, मिड- सोलु हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स, , लाई आईपीओ निष्काशनको लागि अनुमति दिएको हो ।

हाथवे इन्भेस्टमेन्टले ५० रुपैयाँ अंकित मूल्यमा २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

मान्डु हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ बिक्री गर्न पाउने अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई कुल १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

मिड(सोलु हाइड्रोपावरले स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली र सर्वसाधारणलाई १०० अंकित मूल्यमा कुल १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

त्यसैगरी सिटिजन लाइफले १०० अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियर थप गरेर प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ बिक्री गर्ने अनुमति पाएको छ। कम्पनीले १ करोड २५ लाख कित्ता आईपीओ बिक्री गर्नेछ। यसमा १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको छ भने कर्मचारीका लागि ५ लाख ६२ हजार ५०० कित्ता छुट्याइएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ।

सन नेपाल लाइफले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँ आईपीओ बिक्री गर्नेछ। कम्पनीले कुल ९६ लाख कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ। जसमा १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ४ लाख ८० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

वि.सं.२०८० असार १९ मंगलवार १४:४० मा प्रकाशित

You can share this post!

चालु आर्थिक वर्षको  दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको  दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...