back
NMB ad

होसियार ! सडकमा प्रहरीका ड्यास बोर्ड क्यामराको निगरानी

Kumari bank ad

काठमाडौ। सवारी साधन प्रयोगकर्ता कतै तपाईंले सवारी नियम उल्लङ्घन त गरिरहनुभएको छैन ? होसियार अब ट्राफिक प्रहरीका सबारी साधनमा जडिएका ड्यास बोर्ड क्यामराले पनि तपाईका गतिविधि नियाल्ने भएको छ ।

ट्राफिक प्रहरीका समस्यालाई पछिल्लो समय केही हदसम्म सहज तुल्याउने उद्देश्यले लक्ष्मी हुण्डाई प्रालिले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५० थान क्यामरा प्रदान गरेको छ ।

क्यामेराले १० देखि २० मिटर अगाडिसम्मको सवारी साधनलाई सहजरुपले देख्न सक्छ । पछिल्लो समयमा ट्राफिक प्रहरीले सबारी नियम उल्लङ्घन गर्ने चालकलाई पक्राउ गर्न गोप्रो क्यामरा, वडिवन क्यामरा प्रयोग गर्दै आएकामा अबदेखि ड्यास बोर्ड क्यामराको समेत प्रयोगमा ल्याएको हो ।

महाशाखाका प्रमुख प्रकाश अर्यालले बत्ती नभएका बेला ट्राफिक प्रहरीले सिठी फुकेर ट्राफिक व्यवस्थापन गरिरहेका बेला यस्ता क्यामराले ट्राफिक व्यवस्थापनमा सहजता थप्ने बताए । उनले भने, “उपत्यकामा दैनिक एकसयभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई सिसी क्यामराको माध्यमबाट समात्दै आएका थियौ, अब यस क्यामराको प्रयोगबाट  पनि नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न सजिलो हुनुका साथै यस्ता घटना पनि न्युनिकरण हुँदै जानेछ ।”

लक्ष्मी हुण्डाई प्रालिका प्रमुख अञ्जन श्रेष्ठले सडक सुरक्षाका बारेमा चर्को बहस उठेको समयमा यो क्यामराले सडक सुरक्षामा थोरै भए पनि सहयोग पुग्ने बताए । यसबाट समाजप्रति उत्तरदायित्व र व्यवसायमा पनि सहयोग पुग्ने भन्दै आगामी दिनमा समेत प्रहरीसँग सहकार्य गरेर आफूहरु अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मितिः २०७३ असोज १४

वि.सं.२०७३ असोज १४ शुक्रवार १९:४७ मा प्रकाशित

You can share this post!

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...