back
NMB ad

नेप्से सूचकाङ्क २०४२.०७ कायम, ३९ अर्ब ९ करोड बराबरको बोनस शेयर नेप्सेमा सूचिकृत

Kumari bank ad

काठमाडौं । २०७९ जेठ मसान्तमा १९९६.२६ रहेको नेप्से सूचकाङ्क २०८० जेठ मसान्तमा २०४२.०७ कायम भएको छ । २०८० जेठ मसान्तमा धितोपत्र बजार

पुँजीकरण रु.२९८६ अर्ब २० करोड कायम भएको छ । २०७९ जेठ मसान्तमा बजार पुँजीकरण रु.२८४४ अर्ब ११ करोड रहेको थियो । २०८० जेठ मा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७५ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७९ जेठमा सूचीकृत कम्पनीहरूको संख्या २३२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६२.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १४.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.४ प्रतिशत, होटेलको हिस्सा २ं.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.० प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० जेठ मसान्तमा सूचीकृत ७ अर्ब २८ करोड शेयरको चुक्ता मूल्य रु.७१८ अर्ब ४६ करोड रहेको छ । आर्थिक वर्ष २०७९÷८० को एघार महिनामा रु.१७६ अर्ब १० करोड बराबरको साधारण शेयर, रु.४५ अर्ब बराबरको विकास ऋणपत्र, रु.२९ अर्ब १९ करोड बराबरको डिबेन्चर, रु.३९ अर्ब ९ करोड बराबरको बोनस शेयर, रु.५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु.४ अर्ब १३ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.२९९ अर्ब १ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब ६० करोड बराबरको डिबेन्चर, रु.१४ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, रु.१३ अर्ब ५ करोड बराबरको साधारण शेयर र रु.२ अर्ब ९८ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.४१ अर्ब ७७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

वि.सं.२०८० असार २५ सोमवार १२:४३ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...