back
NMB ad

डिजी जहाजमा सरर, एयरपोर्टमा मजदुरको बिजोग

Kumari bank ad

काठमाडौ । बडादशैंको घटस्थापनाको दिन, सबैतिर दशैंको माहोलले बजारमा रौनक छाएको छ । तर यहाँ नेपाल हबाइ प्राधिकरणमा कार्यरत श्रमिकलाई भने दशैको खर्चको जोहो कसरी पर्ने भन्ने चिन्ता मात्रै छ । नेपाल नागरिक उड्डयन प्रधिकरण अन्तर्गत ठेकेदार कम्पनीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(एयरपोर्ट) मा कार्यरत करिब ४ सय श्रमिकहरुको दशैं कसरी बित्ने भन्ने चिन्ता सुरु भएको छ ।

यता नेपाल नागरिक उड्डयन प्राधिकरणका डिजि (महानिर्देशक), निर्देशक, मन्त्री सबै बिदेशमा सरर जाहाज चढेर क्यानडातिर मोज गरेर हिंडिरहेको श्रमिकहरुले बताएका छन् । तर श्रमिकको समस्या प्रति न त सरकार, न त हवाइ प्राधिकरण कोहि कसैलाई कुनै मतलव छैन । मजदुरहरुले यस विषयमा बारम्बार कुरा राख्दा पनि सम्बन्धीत निकाय कानमा तेल हालेझैं गरेर मौन बस्ने गरेको उनीहरुले बताएका छन् ।छ । ठेकेदार कम्पनीहरु यो आफ्नो काम नभएको भन्दै पन्छिने गरेका उनीहरुले बताएका छन् ।

मजदुरहरुले पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई पनि सम्पर्क गरेर आफ्ना समस्याबारे जानकारी गराएको बताएका छन् । तर सचिव अधिकारीले आफुलाई यस विषयमा कुनै थाहा नभएको भन्दै पन्छिने गरेको उनीहरुको दुखेसो छ ।

काममा लगाउने र मजदुरप्रति जिम्मेवार नहुने व्यवस्थापकलाई सरकारले कारबाही गर्नुपर्ने मजदुरहरुको माग छ । एयरपोर्टको सुधारका पक्षमा समय समयमा आवाज उठाउँदै आएको यूनिट्राभले यसअघि नै यस विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको पनि जनाएको छ । तर सम्बन्धित निकाय यस विषयप्रति बेखबर जस्तै बनेको भन्दै उसले मजदुर मारेर एयरपोर्ट चलाउनुको आवश्यकता नरहेको भन्दै मजदुरले पाउनुपर्ने रकम तथा सुबिधा समयमै उपलब्ध नभए एयरपोर्ट ठप्प पारिदिने दिएको चेतावनी छ ।

प्रकाशित मितिः २०७३ असोज १५

वि.सं.२०७३ असोज १५ शनिवार १६:३६ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...