back
NMB ad

प्रबासमा भौतारिएको युवा चाडबाडमा बेचैनी !

Kumari bank ad

बिहान बिहान चिसो चिसो हावा अनि त्यो हावाले पाक्न लागेको धानमा बहेली खेलेको, अनि घर घर कमेरो र रातो माटोले सिङ्गारिएको घरहरु, ठाउँ ठाँउमा खसी डोहोर्यौउँदै हिँडेका मान्छेहरु अनि कहीँ कहीँ लिङे पिङ कहिँ डोरे पिङका वरिपरि हँसिला महिला, बालबालिका र युवा युवतिहरु झुम्मिएका, घर भित्र पहेँलो जमरा लटरम्म अनि आँगनिको छेउमा सयपत्री अनि मखमली ढक्कमक्क फुलेको, बगैंचामा लटरम्म अम्बा, सुन्तला साँच्चै यी सबै वातावरणले दशैं आएको संकेत गर्छ ।

नेपालीहरुको महान पर्व दशैं विभिन्न विशेषता बोकेको छ दशैंले । असत्य माथी सत्यको बिजय भएको कारणले नै दशैंलाई बिजया दशमी भनिएको हो ।

बच्चादेखि बुढासम्म दशैंमा रमाउने, खाने खेल्ने, दुःख सुख भेटघाट अनि आशिर्वाद लिने, यिनै विशेषता लिएर आउँछ प्रत्येक बर्ष बडा दशैं । बर्ष दिन देखि पारिबारिक सदस्यको आगमनको प्रतीक्षामा बसेका हुन्छ्न, उमेर समूह अनुसार आ आफ्नो भुमिका निभाएर मनाइन्छ दशैं । बच्चा बेलामा नयाँ लुगा लगाउने मामा घर जाने, पिङ खेल्ने, टीका लगाउने मात्र दशैं थियो तर उमेर अनुसार दशैं मनाउने तरिका पनि बद्लिँदै गयो । आखिर जे भने पनि दशैं दशैं नै हो । आमा बुवासंग अनि आफू भन्दा ठुला ब्यक्तीसंग टीका लगएर आशिर्वाद लिनुको आनन्द ! कुनै पनि नेपाली संसारको जुनै कुनामा भए पनि जति जति दशैं नजिकिन्छ उति उति उस्का अतीतका यादहरु बल्झिन थाल्द्छ । आफू जहाँ गयो यादहरु आफू सङै गैहल्छ । प्रबासमा बस्ने नेपालीको हकमा आफू जस्तो सुकै परिवेशमा प्रबासमा रहे पनि आफ्नो घर, गाउँ, परिबार सङ रहेर मनाएको दशैंले निकै पिरोल्ने गर्द्छ । हुनत प्रबासमा बस्ने नेपाली कहिले खुशी हुने हो र ! आफ्नो परिबेशले गर्दा देशको स्वाभिमान मुटु भरी बोकेर प्रबासमा भौतारिएको युवा ! अझ धेरै बेचैनी त हरेक चाडमा हुन्छ जति जति चाडबाड नजिकिन्छ उति उति पुराना याद, घर–गाउँको सम्झनाले हरेक प्रबासिलाई उथलपुथल बनाउँछ नै ।

प्रबासमा खोलिएको सामाजिक संस्थाले पनि सामान्यतया आफ्नो औपचारिकता पूरा गरेर नेपालीहरुलार्इ समेटेर दशैं मनाउने चलन छ यसले पनि प्रबासमा बस्नेहरुलार्इ घाउमा मलम लगाउने काम गरेको हुन्छ नै तर आफ्नो घर गाउँमा बिताएको जस्तो त पटक्कै हुँदैन । पहेंलो जमरा बुवा आमा लगयत मान्यजनको आशिर्वाद यो बिदेशी भुमिमा कहाँ पाउनु र ! समग्रमा दशैं असत्य माथी सत्यको बिजय अनि दुष्ट माथी सज्जनको बिजय हो । परिस्थिति र बाध्यताले जो जहाँ रहे पनि हरेक नेपालीलाई दशैंले खुशी र हर्षका वसन्त बहार लिएर आउन सकोस, देशमा राजनैतिक, आर्थिक, सामाजिक तिब्र बिकास भएर शान्ती सुरक्षाको महशुस हरेक नेपालीले गर्न सकुन, अनि युवाहरूले स्वदेशमा नै रोजगारीको अवसर प्राप्त गर्न सकुन, महँगी नियन्त्रण होस यही छ बिजया दशमीको शुभकामना !

कला पन्थ/युरोप

१६ असोज २०७३

वि.सं.२०७३ असोज १६ आइतवार ०९:१७ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...