back
NMB ad

कावुल घट्नामा पीडित नेपाली भन्छन्, सरकारले क्षतिपूर्तिको लागि पहल गरेन

Kumari bank ad

काठमाण्डौं । केही महिना अघि अफगानिस्ताको कावुलमा तालिवानको आतंककारी हमलामा परी मृत्यु भएकाका आफन्त र घाईतेहरुले सरकारले अहिलेसम्म पीडितहरुको बारेमा कुनै चासो नदेखाएको आरोप लगाएका छन् ।

आज सोमबार रिपोर्टर्स क्लब नेपालमा उक्त घट्नाका मृत्तकका आफन्त र घाईतेका परिवारले आयोजना गरेको पत्रकार सम्मेलनमा घट्नाका घाईते अमृत रोका क्षेत्रीले आफूहरुलाई सरकारले अहिलेसम्म कुनै ठोस पहल नगरेको गुनासो पोखे । उनले थपे,‘हामी क्यानडा सरकारको लागि काम गर्दा घाईते भयौं, कति साथीहरु वित्नुभयो, तर क्यानडा सरकारसँग क्षतिपूर्ति दिलाउने कुरामा सरकारले अहिलेसम्म ठोस पहलकमदी लिएन, हामीलाई निकै दुःख लागेको छ ।’

त्यस्तै उनले उक्त घट्नामा निधन भएकाहरुलाई ब्रिटिश कम्पनीले पनि ३० हजार डलर मात्रै प्रदान गरेको र घाईतेहरुलाई तीन महिनामात्रै उपचार गरेको बताए । उनका अनुसार उक्त व्रिटिश कम्पनीसँग सन् २०११ मा कामको सिलसिलामा निधन भएमा ३ लाख डलर प्रदान गर्नेवारेमा सम्झौता गरेको थियो । घट्नाका अर्का घाईते मोहन बहादुर थापाले पनि उचित क्षतिपूर्ति र थप ९० दिन उपचार गर्नुपर्ने माग गरे ।

कार्यक्रममा मृत्तक विदुर सुवेदीकी श्रीमती गंगा सुवदीले पनि ३० हजार डलरले मात्रै नपुग्ने बताउँदै क्षतिपूर्तिको रकम थप गर्नुपर्ने बताईन् । उनले भनिन्,‘नेपाल सरकारले हामीलाई कुनै राम्रो व्यवहार नै गरेन, हामीलाई पीडामाथि झन पीडा थप्ने काम गरेको छ, कहिले यहाँ जानुहोस भन्छन्, त कहिले उहाँ जानु भन्छन तर काम केही गर्दैनन्, हामी धाएकै पनि तीन महिना भैसक्यो ।’

कार्यक्रममा क्यानडा मामिलासम्बन्धी प्रमुख दिपकमोहन भट्टराईले मृत्तकका आफन्तलाई र घाईतेहरुलाई क्यानडा सरकारको तर्फबाट थप क्षतिपूर्ति दिलाउन आफू लागिपर्ने विश्वास दिलाए । उनले भने,‘क्यानडा सरकारलाई आग्रह गर्दापनि बेवास्ता गरे, हामी क्यानडामै कानुनी लडाई लड्छौं, पीडितलाई न्याय दिलाएरै छाड्छौं ।’ उनका अनुसार क्यानडाको सत्तारुढ दल लिवरल पार्टीका प्रभावशाली नेता बब रेले निशुल्क कानुनी लडाई लड्ने व्यवस्था गर्नेवारेमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

१७ असोज २०७३, २।००

वि.सं.२०७३ असोज १७ सोमवार १४:४८ मा प्रकाशित

You can share this post!

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...