back
NMB ad

हिमालयन लघुवित्तको नाफामा गिरावट, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड साविकको (सिभिल लघुवित्त)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५० प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.५२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.०९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १६.३३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७९.०४ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.४७ प्रतिशतबाट २.३७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ करोड ३२ लाख रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६० लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरण योग्य मुनाफा १ रुपैयाँ ९१ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ १ पैसा घटेर ४ रुपैयाँ ८१ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५६.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा रहेको छ।

वि.सं.२०८० साउन १६ मंगलवार ०६:५६ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...