back
NMB ad

अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्ने प्रेस काउन्सिलको पत्रप्रति इमानको आपत्ति

Kumari bank ad

काठमाडौँ।आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान)ले सङ्घका उपाध्यक्ष माधवप्रसाद तिवारीलाई प्रेस काउन्सिल नेपालले सोधेको स्पष्टिकरणप्रति आपत्ति जनाएको छ । सोमवार विज्ञप्ती जारी गर्दै इमानले प्रेस काउन्सिल नेपाल र सूचना विभागमा हुने काम निश्चित पैसा लिएर सम्बधित सञ्चालकको उपस्थितिविनै सबै गरिदिन्छु भनी लेखिएको सम्झना पौडेल र दीपक आचार्यको इमेलबाट आएको पत्रको स्क्रिनसट राखेर उपाध्यक्ष तिवारीले फेसबुकमा प्रश्न उठाएको विषयलाई लिएर काउन्सिलले जवाफ पेश गर्न भन्दै ३ दिनको समय सीमा नै तोकेर पत्राचार गरेकोप्रति गम्भीर आपत्ति जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, मालपोत र यातायात कार्यालयमा निश्चित पैसा लिएर काम गरिदिन्छु भन्दै सेवाग्राहीलाई हैरानी गर्ने विचौलियाले जस्तै प्रेस काउन्सिलमा समेत काम गरीदिन्छु भन्दै खुलेआम रुपमा इमेल गर्न थालेपछि उठाइएको प्रश्न पछि यस बिषयमा आवश्यक छानविन गरी दोषीलाई कारवाही गर्नुपर्नेमा उल्टै जवाफ पेश गर्न भन्दै प्रश्न उठाउने व्यक्तिलाई पत्र काटिनु खेदजनक छ । यसले काउन्सिलकै कर्मचारी पदाधिकारीको संलग्नताको शंका जन्मिएको छ ।

विज्ञप्तीमार्फत इमानले काउन्सिल जस्तो सम्मानित संस्थाकै अपमान हुनेगरी खुलेआम विचौलियाको संरक्षण गर्दै काटिएको उक्त पत्र फिर्ता लिई माफी माग्न काउन्सिललाई इमानले आग्रह गरेको छ । साथै, विज्ञप्तीमा संविधानमै उल्लेख भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्दै विचौलिया संरक्षण गर्ने कार्य नगर्न प्रेस काउन्सिल नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराईएको छ ।

वि.सं.२०८० साउन १६ मंगलवार ०६:४६ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...