back
NMB ad

बैंकहरुको कामप्रति चित्त नबुझे के गर्ने ? राष्ट्र बैंकले गर्यो यस्तो आग्रह

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कामप्रति चित्ता नबुझे समयमै गुनासो दर्ता गर्न सकिने सेवाग्राहीलाई जानकारी गराएको छ।

केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। ‘बैंक तथा वित्तीय संस्थाको कामकारबाहीप्रति कुनै गुनासो भए लहैलहै वा बहकाउमा नलागौँ’, सूचनामा भनिएको छ, ‘सोको यथोचित व्यवस्थापनका लागि समयमै गुनासो दर्ता गरी स्थापित संस्थागत संरचनाप्रति समस्या समाधानको पहल गर्नुपर्दछ।’

बैंक तथा वित्तीय संस्थाबाट सबै किसिमका सेवा लिइरहेका वा लिन चाहेका ग्राहकको हित संरक्षणका लागि प्रत्येक संस्थामा गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसका लागि केन्द्रीय बैंकमा समेत अलग्गै महाशाखा स्थापना गरिएको छ।

महाशाखाले वित्तीय ग्राहकको गुनासो व्यवस्थापन गर्दै आएको छ र गुनासोको प्रकृतिअनुसार राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नरको अध्यक्षतामा गठित व्यवसायी, बैंकर तथा अर्थ मन्त्रालयसमेतको प्रतिनिधित्व रहेको गुनासो व्यवस्थापन समितिमार्फत इजाजतपत्र प्राप्त संस्थालाई आवश्यकताअनुसार निर्देशनसमेत दिने गरिएको सूचनामा उल्लेख छ।

वि.सं.२०८० साउन १६ मंगलवार ११:५८ मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...