काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
प्रकाशित विवरण विवरण अनुसार लघुवित्तले ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७.८४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद नाफा १४.७१ प्रतिशत घटेर ११ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ भने खुद फि तथा कमिशन आम्दानी २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १६.१७ प्रतिशत घटेर १४ करोड ५५ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा ५६.८३ प्रतिशत घटेर ९८ लाखमा झरेको छ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७८ पैसा घटेर ४ रुपैयाँ ६४ पैसामा झरेको छ। यस अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७४.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ २४ पैसा रहेको छ।
१५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ करोड ९३ लाख रुपैयाँ सञ्चित छ।
वि.सं.२०८० साउन १८ बिहीवार ०७:०६ मा प्रकाशित