back
NMB ad

यसकारण भयो कामना सेवा विकास बैंकको नाफा प्रभावित, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरण अनुसार बैंकले ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २६.९३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५ करोड ८० लाख रुपैयाँ रहेको छ। बैंकको सञ्चालन मुनाफा ६९ करोड १५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ८६ करोड ४८ लाख रुपैयाँमा सीमित थियो। सञ्चालन मुनाफा पनि २०.०४ प्रतिशतले घटेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।

बैंकको रिजर्भको आकार ३६.३६ प्रतिशतले बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ७ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकले ५३ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ४६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ३६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ५० करोड ३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज २८ करोड ४१ लाख रुपैयाँ थियो।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १३.१४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.७८ रुपैयाँ थियो।

वि.सं.२०८० साउन १८ बिहीवार १०:२८ मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...