back
NMB ad

वाणिज्य बैंकहरुको नाफा ७० अर्ब, नबील बैंक सबैभन्दा अगाडि अन्य कुनले कति कमाए ?

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २४.९३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने यसलाई ग्लोबल आइएमई बैंकले पछ्याएको छ । नबिल बैंकले ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार नाफा कमाएको छ भने ग्लोबल आइएमईले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार नाफा कमाएको छ । सबैभन्दा धेरै नाफा बढ्नेमा पनि नबिल बैंक रहेको छ । एक वर्षमा यसको नाफा ७६.८६ प्रतिशतले बढेको छ ।

त्यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले गत वर्ष खुद नाफा ४ अर्ब ९१ करोड रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब २९ करोड नाफा गरेको थियो।

एनआइसी एशिया बैंकले ४ अर्ब ६५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब २९ करोड, स्टान्डर्ड चार्टड बैंकले ३ अर्ब ५२ करोड, एनएमबि बैंकले ३ अर्ब ४१ करोड एभरेष्ट बैंकले ३ अर्ब ३९ करोड, हिमालयन बैंकको ३ अर्ब २६ करोड, सिद्धार्थ बैकले ३ अर्ब १९ करोड, कृषि विकास बैंकले ३ अर्ब रुपैंया नाफा कमाएको छ ।

त्यस्तै, प्रभु बैकले २ अर्ब ८२ करोड रुपैंया, सानिमा बैंकको २ अबै ६१ करोड रुपैंया, प्राइम कमर्सियल बैंकले २ अर्ब २६ करोड रुपैंया, लक्ष्मी सनराइज बैंकले २ अर्ब २६ करोड रुपैंया, नेपाल एसबिआई बैंकले २ अर्ब २४ करोड रुपैंया, सिटिजन बैंकले २ अर्ब २१ करोड, कुमारी बैंकले १ अर्ब ९५ करोड रुपैंया, माछापुच्छ्रे बैंकले १ अर्ब ८५ करोड रुपैंया, नेपाल बैंकले ३ अर्ब ४१ करोड रुपैंया नाफा कमाएको छ ।

वि.सं.२०८० साउन २१ आइतवार १३:०७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...