back
NMB ad

बैंकहरुको लाभांश क्षमता औषत साढे १२ प्रतिशत, कुन बैंकको कति ?

Kumari bank ad

काठमाडौं । बीसवटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित विवरण अनुसार बैंकहरुको लाभांश क्षमता औषत साढे १२.५५  प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

लाभांश क्षमतामा सबैभन्दा अगाडि एभरेष्ट बैंक देखिएको छ । यो बैंकले समीक्षा अवधिका लागि लगानीकर्तालाई ४०.५ प्रतिशतसम्म लाभांश बाँड्न सक्छ । यस्तै, दोस्रोमा एनआईसी एशिया बैंकको लाभांश क्षमता ३१.९९ प्रतिशत रहेको छ ।

त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २९ प्रतिशत, कृषि विकास बैंकको १९.८९ प्रतिशत, सानिमा बैंकको १७.७३ प्रतिशत, माछापुच्छ्रे बैंकको १५.२९ प्रतिशत र नेपाल एसबिआई बैंकको १३.९३ प्रतिशत लाभांश क्षमता देखिन्छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा पनि लाभांश क्षमता उल्लेख छ ।

यस्तै, सिटिजन्स बैंकको ७.३ प्रतिशत, नेपाल बैंकको ६.६२ प्रतिशत, सिद्धार्थ बैंकको ५.६५ प्रतिशत, प्राइम बैंकको १.०६ प्रतिशत, प्रभु बैंकको ०.६९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.४६ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, दुइटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएकाले लाभांश क्षमता पनि ऋणात्मक छ । हिमालयन बैंकको ३.२८ प्रतिशत र कुमारी बैंकको ३.२३ प्रतिशत लाभांश क्षमता ऋणात्मक भएको हो ।

प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश क्षमता शुन्य छ । प्राइम कमसिर्ययल बैंकको १ प्रतिशत भएकोले पनि यी बैंकले लाभांश वितरण नगर्न सक्छन् । यस्तै, ऋणात्मक अवस्थामा रहेका कुमारी र हिमालयन बैंकले पनि लाभांश दिन सक्ने अवस्था छैन ।

वि.सं.२०८० साउन २१ आइतवार १६:०६ मा प्रकाशित

You can share this post!

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो   

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो   

वि.सं.२०८१ जेठ १० बिहीवार १०:२७

चितवन, १० जेठ : अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान...

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा   

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा   

वि.सं.२०८१ जेठ १० बिहीवार १०:२३

राँझा (बाँके), १० जेठ : हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया...

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:००

काठमाडौँ : बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका...

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:५२

काठमाडौँ : विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ...

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?      

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?    

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:४०

काठमाडौँ : मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान...

आज बुद्ध जयन्ती मनाइँदै     

आज बुद्ध जयन्ती मनाइँदै     

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:३४

काठमाडौँ : शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८...